२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमाथि पोखराको १० विकेटको शानदार जित

लुम्बिनीमाथि पोखराको १० विकेटको शानदार जित

लुम्बिनीमाथि पोखराको १० विकेटको शानदार जित

लुम्बिनीमाथि पोखराको १० विकेटको शानदार जित

लुम्बिनीमाथि पोखराको १० विकेटको शानदार जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।शुक्रबार सम्पन्न खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।


    लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछाएको पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

    पोखराका लागि आन्द्रेज गोउजले शतकीय पारी खेलेका थिए । उनले ५५ बलमा अविजित १०४ रन बनाएका थिए । त्यस्तै दिनेश खरेलले अविजित ६१ रन बनाएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको थियो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५९ बलमा अविजित ९५ रन बनाएका थिए भने टम मोरेजले ४५, र सन्दीप जोराले १८ रन बनाएका थिए । त्यस्तै पोखराका विपिन खत्रीले २ विकेट लिएका थिए ।


    पोखराले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने लुम्बिनीले लगातार दोस्रो हार बेहोरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij