२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्केटएड नेपालद्धारा तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउने

स्केटएड नेपालद्धारा तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउने

स्केटएड नेपालद्धारा तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउने

स्केटएड नेपालद्धारा तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउने

स्केटएड नेपालद्धारा तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • बुटवल  ।  रूपन्देहीको तिलोत्तमामा रहेको स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्ताकालय स्थापना गरिने भएको छ । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा न. ४ डिङगरनगरमामा दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्ताकालय भवन निर्माण गर्ने भएको हो ।

    शनिबार पत्रकार सम्मेलन गरी जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरुलाई लक्षित गरी पुस्ताकालय भवन निर्माण गर्न लागिएको जनाएको छ । अनुमाननित  ३५ लाख लागतमा निर्माण गरिने पुस्तकालयले बालबालिकाहरुलाई खेलसँगै अतिरिक्त ज्ञानबृद्धिमा सहयोग गर्ने विश्वास लिइएको स्केटएड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । 

    उनले पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तकहरु राखिने र पार्कमा स्केटका लागि आएका बालबालिकाहरुलाई बसेर होमवर्क गर्न मिल्ने गरी संरचना बनाइने बताए ।

    पहिला चरणमा स्केट पार्क (खेल मैदान) बनाइएको र अब दोस्रो चरणमा पुस्ताकालय भवन निर्माणको योजना शुरु गरिएको अध्यक्ष पहाडीले बताए ।  स्केटपार्क बनेसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्केटर जन्माउन सफल भएको समेत उनले बताए ।

    पुस्ताकालय निर्माणका लागि सहयोगको घोषणा गरेका जापनिज स्केटर तथा युटुभर सिमनले आफूले नेपालका बालबालिकाहरुलाई स्केटमा आर्कषित गर्न र अध्ययनमा सहयोग गर्ने गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरे । सिमनले जापनामा पुस्तकालय भवन निर्माणका लागि अभियान चलाएर सहयोग गर्ने भएका हुन ।

     निर्माण हुने पुस्तकालयको निशुल्क सेवा लिन पाईने स्केट एड नेपालका सचिव विजय तामाङले बताए । उनका अनुसार हाल स्केट पार्कमा ४० जना बालबालिकाहरूले निशुल्क स्केटको सेवा लिइरहेका छन् । स्केट खेलसँगै बालबालिकाहरुलाई कोर्सको किताब, कापी र खेलकुदका सामाग्री समेत दिने गरिएको आयोजकले बताए । तिलोत्तमा रहेको स्केट पार्कमा दक्षिणएसियाली स्तरीय प्रतियोगिता पनि हुँदै आएको छ ।

    बुटवल तिलोत्तमाबाट शुरु भएको स्केट पार्क (खेलमैदान) अभियान काठमाडौं, चितवन हुँदै अहिले देशव्यापी बनेको अध्यक्ष पहाडीले बताए । स्केट एड नेपालको तिलोत्तमा स्थित स्केट पार्कमै सिकेर केही दिनअघि कोरियाको जिन्जुमा भएको एसियाली स्केटबोर्ड प्रतियोगितामा बुटवलका  यम हादुर कामु  र अभिषेक परियार उत्कृष्ट १६ मा परेका छन् ।

    २०१९ देखि तिलोत्तमा स्थित स्केट पार्कमा स्केटबोर्डका निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ । यसका साथै यहाँ विभिन्न देशका स्केटरहरु आएर स्वयमसेवि रुपमा निशुल्क सेवा दिन आउने गर्छन् । अहिले पनि अमेरिकाका जोनाथन र डेनमार्ककका मेटिश जोथन स्वयसेवाका लागि आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij