२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनपीएल : लिग चरणका करिब आधा खेल सकिँदा कुन टिमको अवस्था के ? यस्तो बन्यो समीकरण

एनपीएल : लिग चरणका करिब आधा खेल सकिँदा कुन टिमको अवस्था के ? यस्तो बन्यो समीकरण

एनपीएल : लिग चरणका करिब आधा खेल सकिँदा कुन टिमको अवस्था के ? यस्तो बन्यो समीकरण

एनपीएल : लिग चरणका करिब आधा खेल सकिँदा कुन टिमको अवस्था के ? यस्तो बन्यो समीकरण

एनपीएल : लिग चरणका करिब आधा खेल सकिँदा कुन टिमको अवस्था के ? यस्तो बन्यो समीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • बुटवल । अघिल्लो शनिबार सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा यो शनिबारसम्म १३ वटा खेल भएका छन् । अझै १५ वटा खेल हुँन बाँकी छ । एक हप्तामा भएका लिग चरणका खेलमा दुईवटा टिमले लगातार तीन जित हात पारेका छन् भने एक टिम तीन खेल खेलिसक्दा पनि अंकविहीन छ ।

    यस्तै दुईवटा टिमले चार चार खेल खेलिसकेका छन् भने अन्य टिमले तीन तीन खेल खेलेका छन् । एक टिमले सातवटा खेल खेल्ने भएकाले तीन खेलमा पराजित टिमका लागि अघिल्लो चरणको यात्रा कठिन बनेको छ । उता लगातार तीन खेल जित्ने टिम अब एक खेल जिते अघिल्लो चरणमा लगभग पुग्नेछन् । 

    शनिबारका दुई खेल सकिँदा सुदूरपश्चिम रोयल्स लगातार तीन जितपछि ६ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै लगातार तीन जित हात पारेको जनकपुर बोल्ट्सको पनि ६ अंक छ । तर, नेट रनरेटमा पछि परेपछि उ दोस्रो स्थानमा छ । 

    सुदूरपश्चिमले विराटनगर किङ्स, काठमाडौं गुर्खाज र लुम्बिनी लाइन्सलाई पराजित गरिसकेको छ । अब उसले आइतबार बिहान चितवन राइनोजको सामना गर्नेछ । यस्तै सुदूरपश्चिमको अर्को खेल जनकपुर बोल्टसँग र छटौँ खेल अर्को आइतबार पोखरा एभेन्जर्ससँग हुनेछ भने लिगको अन्तिम खेलमा अर्को हप्ताको सोमबार सुदूरपश्चिम र कर्णाली याक्स भिड्नेछन् । 

    जनकपुरले आइतबार लुम्बिनी लायन्ससँग खेल्नेछ । यस्तै उसको पाँचौँ खेल सुदूरपश्चिमसँग हुनेछ । छैटौँ खेलमा जनकपुरले काठमाडौं गुर्खाजको सामना गर्नेछ भने अन्तिम खेलमा चितवन राइनोजसँग भेट हुनेछ । 

    जनकपुर र सुदूरपश्चिम अर्को चरणमा जाने बलियो सम्भावना भएका टिम हुन् । यस्तै तीन खेलमा दुई जित हात पारेको चितवन ४ अंकका साथ तेस्रो स्थानमा छ । यो टिम पनि अघिल्लो चरणमा जान सक्ने सम्भावना बलियो भएको टिम हो । चिवतनका बाँकी खेल सुदूरपश्चिम, लुम्बिनी, विराटनगर र पोखरासँग बाँकी छ । 

    यस्तै चार खेलमा दुई जित हात पारेको कर्णाली याक्स पनि अघिल्लो चरणमा जान सक्छ । उसले अब कम्तीमा बाँकी ३ खेलमध्ये दुईमा जित हात पार्नुपर्छ । उसले अब चितवन, लुम्बिनी र सुदूरपश्चिमसँग खेल्न बाँकी छ । 

    पोखरा तीन खेलमा एक जितका साथ पाँचौँ स्थानमा छ भने काठमाडौं पनि तीन खेलमा एक जितका साथ छैटौँ स्थानमा छ । विराटनगर भने चार खेलमा एक जितका साथ सातौँ स्थानमा छ । उता लुम्बिनी भने लगातार तीन खेलमा पराजित भएको छ । लुम्बिनी अघिल्लो चरणमा जान बाँकी रहेका सबै चार खेल जित्नुपर्ने अवस्थामा छ । 

    लिगको शीर्ष दुई स्थानमा टिमबीच हुने विजेता टिम सिधै फाइनलमा पुग्नेछ भने हार्ने टिमले तेस्रो र चौथो टिमबीच हुने खेलको विजेतासँग फाइनलमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।  फाइनल खेल २१ डिसेम्बरमा हुनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij