२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टस जितेर फिल्डिङ गर्दै लुम्बिनी, जनकपुरले पायो ब्याटिङको निम्तो

टस जितेर फिल्डिङ गर्दै लुम्बिनी, जनकपुरले पायो ब्याटिङको निम्तो

टस जितेर फिल्डिङ गर्दै लुम्बिनी, जनकपुरले पायो ब्याटिङको निम्तो

टस जितेर फिल्डिङ गर्दै लुम्बिनी, जनकपुरले पायो ब्याटिङको निम्तो

टस जितेर फिल्डिङ गर्दै लुम्बिनी, जनकपुरले पायो ब्याटिङको निम्तो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • बुटवल । नेपाल प्रिमियल लिग (एनपीएल) अन्तर्गत आज बिहानको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जित्दै लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय लिए । यससँगै जनकपुरले ब्याटिङको निम्तो पाएको छ ।

    यी दुवै टोलीले यसअघि ३/३ खेल खेलीसकेका छन् । जनकपुर तीन वटै खेलमा विजयी भएको छ भने लुम्बिनीले तीन वटै खेलमा पराजय व्यहोरेको छ ।

    उच्च लयमा रहेको जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको थियो भने पोखरा एभेन्जर्सलाई ७ विकेटले पाखा लगाएको थियो ।

    उता यसअघिका तीन वटै खेलमा पराजित भएको लुम्बिनीले पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटको पराजय व्यहोरेको थियो भने पोखरा एभेन्जर्ससाग १० विकेटले पराजित भएको थियो । त्यस्तै सुदूरपश्चिम रोयल्ससँग ४५ रनले स्तब्ध भएको थियो ।

    यसअघिका खेलका आधारमा लिगमा जनकपुरले ह्याट्रिक जित निकालिसकेको छ भने लुम्बिनीले ह्याट्रिक पराजय व्यहोरेको छ । तीन खेलमा पराजित भएको लुम्बिनी निकै सन्तुलित र लयमा देखिएको जनकपुरलाई पराजित गर्दै कमब्याक गर्ने लक्ष्यमा छ । तर, लुम्बिनीलाई पराजित गर्दै आफ्नो विजय यात्रालाई निरन्तरता दिने लक्ष्यमा जनकपुर देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij