२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्रीलजोनलाई जग्गा दिन व्यवसायीको माग

ग्रीलजोनलाई जग्गा दिन व्यवसायीको माग

ग्रीलजोनलाई जग्गा दिन व्यवसायीको माग

ग्रीलजोनलाई जग्गा दिन व्यवसायीको माग

ग्रीलजोनलाई जग्गा  दिन व्यवसायीको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • बुटवल । ग्रील, स्टील तथा आल्मुनियम ब्यवसायलाई व्यवस्थित, मर्यादित र एकिकृत गर्न ग्रील जोन स्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । ग्रील, स्टील तथा आल्मुनियम व्यवसायी संघ रुपन्देहीको १५ औं साधारणसभामा बोल्ने व्यवसायीहरुले ग्रील जोन निर्माणका लागि संघीय सरकारले वजेट समेत दिएकाले स्थानीय सरकारले जग्गा उपलब्ध गराउनुपर्ने माग गरे ।
    उनिहरुले ग्रील जोन स्थापनाको चर्चा र प्रकृया लामो समय चलिरहेको भएपनि स्थापना हुन नसक्दा ब्यवसायीहरु सँकुचित हुनु परेको गुनासो गरेका थिए ।
    कार्यक्रममा बोल्दै संघका अध्यक्ष बुद्धि प्रसाद गुरुङले ग्रीलजोन अहिलेको आवश्यकता रहेको भएपनि जग्गा ब्यवस्थापन हुन नसकेको गुनासो गरे । उनले ग्रील जोन स्थापना भएमा बजारभरि छरिएका व्यवसाय एकत्रित भई बजारको सुन्दरता कायम हुने, व्यवसाय मर्यादित हुने, मूल्यमा एकरुपता हुने, गुणस्तरमा प्रतिस्पर्धा हुने र विद्युत, सरसफाईका समस्या समाधान हुने बताए ।  
    ग्रील, स्टील तथा आल्मुनियम ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार बर्माले २०६६ सालदेखि ग्रील जोनको माग हुंदै आएकामा यसपटक संघीय सरकारले वजेट व्यवस्था गरेको तर जग्गा उपलब्ध नहुंदा वजेट फ्रिज हुने संभावना बढेको बताए ।


     बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले  सार्वजनिक जग्गा सिधै प्रयोग गर्नसक्ने अवस्था नहुदा ग्रील जोन स्थापना नभएपनि यसको लागि उपमहानगर सकारात्मक रहेकोले सहजिकरणको लागि प्रयास गरिरहेको बताए । 
    कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश समितिका रामप्रसाद पाण्डे ,बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, कार्यक्रम संयोजक एवं संघका तृतीय उपाध्यक्ष मिना थापा तुलाधर, महासचिव बोम थापा लगायतले बोल्दै ब्यवसायीका समस्यामा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij