२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साना किसान कृषि सहकारी सेमलारको २४ औं साधारणसभा

साना किसान कृषि सहकारी सेमलारको २४ औं साधारणसभा

साना किसान कृषि सहकारी सेमलारको २४ औं साधारणसभा

साना किसान कृषि सहकारी सेमलारको २४ औं साधारणसभा

साना किसान कृषि सहकारी सेमलारको २४ औं साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  •  

    बुटवल । नेपालकै दोस्रो ठूलो बुटवल– १५ सेमलारस्थित साना किसान कृषि सहकारी संस्था लि. को २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष गोपाल पौड्यालले प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा २६ सय ६४ जना शेयर सदस्य आवद्ध भएका र ७१ करोड कर्जा प्रवाह भएको बताए । सहकारीमा तीन सय पशुपालक किसान आवद्ध भएका र डेरी समेत सञ्चालन गरी दैनिक तीन हजार लिटर दुध संकलन गरी विक्रि वितरण गरिरहेको बताए । संस्थाले शेयर सदस्यहरुलाई वचतको व्याज फिर्ता गर्न र संरक्षित पूंजिकोषको १८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको अध्यक्ष पौड्यालले जानकारी गराए । सहकारीले वडा कार्यालयसंग सम्झौता गरी धितो नभएका सदस्यलाई वडाको सिफारिशका आधारमा तरकारी र फलफूल खेती गर्न ६ प्रतिशत व्याजदरमा कर्जा लगानी गरेर ५० बढी सदस्यलाई आय आर्जनमा संलग्न गराएको अध्यक्ष पौड्यालले बताए । यस्तै संस्थाले कृषि र पशुपालन फर्मका लागि व्यक्तिगत ५० लाख रुपैयां र समूहलाई २ करोड रुपैयांसम्म कर्जा साडे ८ प्रतिशत ब्याज दरमा उपलब्ध गराउंदै आएको जानकारी गराए । सहकारीले पशु आहाराका लागि साइलेज उद्योग समेत सञ्चालन गर्दै आएको छ । कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक,सहकारीका पुर्व अध्यक्ष एवं सल्लाहकार रामप्रसाद रेग्मी , बुटवल १५ का वडाध्यक्ष शिव राना,शेयर सदस्य थानेश्वर खरेल,प्रबन्धक शोभाखर शर्मा लगायतले बोल्दै नेतृत्वको कुशल व्यवस्थापन, आर्थिक सुशासन र पारदर्शिताका कारण संस्था देशभरका साना किसान सहकारी संस्था मध्ये दोस्रो ठूलो र उत्कृष्ट सहकारी भएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij