२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार

चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार

चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार

चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार

चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा चितवनको यो तेस्रो जित हो ।

    चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।


    सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । इशानले २८ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर सैब जैब र विनोद भण्डारीले क्रमशः १८ र १० रन जोडे ।

    ब्रान्डन म्याकमुलमले १३ रन थप्दा दीलप्रित बज्वाले १२ रन जोडे । स्कट कुग्गेलेनले १६ रन थप्दा नरेन साउदले १० रन बनाए । 

    सुदूरपश्चिमविरुद्ध लुम्बिनीका रिजन ढकाल, जान निकोल लोफ्टी इटोन, अमरसिंह रौटेला र कप्तान कुशल मल्लले समान दुई विकेट लिए । रजनले सैब जैब र नरेश साउदको विकेट लिए ।

    इटोनले सुदूरपश्चिमका बज्वा र कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अमरसिंहले नरेश बुढाएर र इशान पाण्डेलाई पभेलियन फर्काए । यस्तै, कप्तान कुशलले विनोद भण्डारी र ब्रान्डन म्याकमुलमको विकेट लिएका थिए । 

    यसबाहेक, रञ्जित कुमार र सोहेल तान्विरको नाममा एक विकेट रह्यो । रञ्जितले आरिफ सेखको विकेट लिँदा तान्विरले कुग्गेलेनलाई पभेलियन फर्काए ।

    पहिलो इनिङ : एसाखिलको उत्कृष्ट ब्याटिङ

    त्यसअघि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।

    चितवनका ओपनर हसन एसाखिलले ६५ रन बनाए । उनले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । एसाखिललाई १६औँ ओभरको पहिलो बलमा स्कट कुग्गेलेनले नरेश बुढाएरबाट क्याच गराएका थिए ।

    रवि बोपाराले ३६ रन थपे । उनले आक्रामक रुपमा प्रस्तुत भएका बोपाराले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । बोपारालाई २०औँ ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले नरेश बुढाऐरबाट क्याच गराए ।

    विपीन रावलले २० बलमा दुई चौकासहित १७ रन थपे । विपीनलाई ११औँ ओभरको तेस्रो बलमा सैब जैबले कुग्गेलेनबाट क्याच गराए । कप्तान कुशल मल्लले १६ बलमा एक चौकासहित १३ रन थपे । कुशललाई १८औँ ओभरको दोस्रो बलमा कुग्गेलेनले बोल्ड गरे । ओपनर सन्तोष कार्की भने नौ रन बनाएर पभेलियन फर्किए । सन्तोषलाई ब्रान्डन म्याकमुलमले चौथो ओभरको पहिलो बलमा नरेश बुढाऐरबाट क्याच गराएका थिए ।

    अविजित रहेका जान निकोल लोफ्टी इटोल र अमर सिंह रौटेलाले क्रमशः दुई र ६ रन बनाए ।

    सुदूरपश्चिमका स्कट कुग्गेलेनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुग्गेलेनले २९ रन खर्चिए । ब्रान्डन म्याकमुलम, कप्तान दीपेन्द्रसिंह ऐरी र सैब जैबले समान एक विकेट लिए ।

    प्रतियोगितामा सुदूरपश्चिम यो पहिलो हार हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रनको, काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

    यसअघि, आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक रनको साँघुरो जित निकालेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij