भैरहवा । श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि को६९औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ को उपाधि महात्मा बुद्ध मा.वि.ले पाएको छ । ४ स्वर्ण पद जितेको महात्मा बुद्ध समूह तर्फ प्रथम भएको छ भने १ स्वर्ण। २ रजत र २ कास्य पदक सहित रुपन्देही लीलाराम मावि द्वितीय, ३ रजत र ३ कास्य सहित पीकलहवा मावि तेस्रो भएको छ ।
विद्यालयले नगरमै पहिलो पटक सिद्धार्थनगर नगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी विचको मैत्री भावनासँगै सम्बन्ध प्रगाढ बनाउदै र खेलकुदमा शिक्षकको सहभागिता रहोस भन्ने उद्धेश्यकले खेलको आयोजना गरिएको विद्यालयका प्राचार्य रुपकुमार रायमाझीले बताए । उनले यो खेलको माध्यमबाट सहयोगको भावना तथा भातृत्वको भावना बिकास हुने अपेक्षा समेत रहेको बताए ।
सधै अध्यापनमात्रै गराउनु भन्दा स्वास्थ्यका लागि खेलकुद भन्ने अभिप्रायले मनोरञ्जन सहितको पुर्नताजगीका लागि नगर भित्रका शिक्षक र कर्मचारी बीच यो प्रतियोगिता आयोजना गरिएको हो । तीन दिन भएको प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका भित्रका १० सामुदायिक विद्यालयमा कार्यररत ४५ जना शिक्षक र कर्मचारीहरु सहभागी भएको विद्यालयका अतिरिक्त क्रियाकलाप समिति संयोजक भोजराज पौड्यालले जानकारी दिए ।
प्रतियोगिता एकल महिला, एकल पुरुष, जोडी महिला, जोडी पुरुष र जोडी संयुक्त गरि पाच विधामा खेलाइएकोमा पुरुष एकल तर्फ महात्माको पुरन सारङकोटी प्रथम, लिलारामको अशिम कार्की द्वितीय, पक्लिहवाका बासुदेव घिमिरे र विन्दवासिनप्को चर्तुभुज रेग्मी तृतीय भए ।
यस्तै पुरुष जोडीमा महात्मा बुद्धका पुरन सारङकोटीर अनिल बस्यालको जोडी प्रथम, लिलारामका अशिम कार्की र पुस्कर मिश्राको जोडी द्वितीय, लिलारामकै क्षितिज पाण्डे, विवेक भुसालको जोडी तथा बहिरा बालको महेश चापागाई, गोविन्द गौतमको जोडी तृतीय भयो ।
यस्तै महिला एकल तर्फ लिलारामकी रिता सुब्बा प्रथम, पक्लिहवाकी विजय लक्ष्मी शर्मा द्वितीय, पक्लिहवाकी यम कुमारी थापा र सिद्धार्थकी सदिक्षा थारु तृतीय भइन । महिला जोडी तर्फ महत्मा बुद्धकी रामकुमारी थापा, विषण्ु थापा प्रथाम, पक्लिहवाकी यमकुमारी थापा,विजयलक्ष्मी शर्मा द्वितीय, लिलारामकी शिला पाण्डे, रिता आचार्य, नारायणी नेपाल र प्रभा लामिछाने तृतीय भईन ।
यस्तै संयुक्त जोडी तर्फ महत्मा बुद्धका पुरन सारङकोटी, विष्णु थापा प्रथम। पक्लिहवाका प्रकाश भुर्तेल, विजयलक्ष्मी शर्मा द्वितीय, पक्लिहवाकै बासुदेव घिमिरे, यमकुमारी थापा र लिलारामको लेखनाथ आचार्य, उषा न्यौपाने तृतीय भएको मुख्य निर्णयक जीवन थापाले बताए ।
यस्तै प्रतियोगिताकाृ उत्कृष्ट खेलाडी महिला तर्फ सिद्धार्थ आधारभूतको सदिक्षा थारु र उत्कृष्ट खेलाडी पुरुष तर्फ बासुदेव घिमिरे भएका आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।




