२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अबैध आयातको बढाएको जोखिम

अबैध आयातको बढाएको जोखिम

अबैध आयातको बढाएको जोखिम

अबैध आयातको बढाएको जोखिम

अबैध आयातको बढाएको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  •  

    अवैध आयात रोक्न नसक्दा व्यवसायी मारमा परेको बुटवलमा आयोजित एक कार्यक्रममा व्यवसायीले गुनासो गरेका छन् । भैरहवा भन्सार प्रमुख लगायत विभिन्न सरोकारवाला निकायका व्यक्तिहरु सहभागी कार्यक्रममा व्यवसायीले गुनासो राख्नु उपयुक्त थलो हो ।


    उद्योग व्यापार संघ बुटवलको साधारणसभामा बोल्ने व्यवसायीहरुले अबैध आयात रोक्न नसक्दा अनौपचारिक अर्थतन्त्र मौलाएको र देशको अर्थव्यवस्था अस्वस्थ रहेकोे धारणा जायज छ । खुला सीमामा निगरानी राख्न नसक्ने र जिम्मेवार सरकारी निकायमा बस्ने व्यक्तिको गैरजिम्मेवार क्रियाकलापको मारमा इमान्दार व्यवसायी पलायन हुनुपर्ने बाध्यता मुलुकको लागि घातक छ । अवैध आयातले भन्सार विन्दुबाट आएका वस्तु तथा सामानले प्रतिस्पर्धा गर्न नसक्ने स्थिति बनेको छ । अवैध आयात हुँदा देशको राजस्वमा नकारात्मक प्रभाव एकातिर छदैछ, देशमै व्यवसाय गरिरहेका व्यक्तिहरु व्यवसाय छाडेर पलायन हुनुपर्ने बाध्यता पनि मुलुकका लागि राम्रो होइन् ।


    भारतमा सीमा सुरक्षा बल एसएसबी तैनाथ छ । नेपालमा सशस्त्र प्रहरी बलको युनिटले सीमा सुरक्षाको काम गर्दै आएको छ । सशस्त्र प्रहरी बलको सक्रियता बढ्दै गइरहेपनि अपेक्षित सीमा अपराध नियन्त्रण हुन सकिरहेको छैन् । खुला सीमाकै कारण सीमा अपराध नियन्त्रणमा चुनौती छ । खुला सीमाको व्यवस्थापन र नियमन गर्न सीमा सुरक्षा बललाई प्रविधिमैत्री र साधनस्रोतले बलियो बनाउनुपर्ने छ । अहिले सीमा अपराधलाई नियन्त्रण गर्न पाँच जनाको प्रहरी टोली सहित दुई वटा कुकुर परिचालन गरिएको छ । अपराधी पहिचान गर्न कुुकुरले सघाउ पुर्‍याउने भएकोले सीमा अपराध नियन्त्रण गर्न कुकुर परिचालन गर्नु स्वभाविक छ । हतियार, लागुऔषध र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न कुुकुर सहयोगी भएको छ । प्रहरीले खानतलासी गरेर मात्रै अपराधी समातिने होइन्, कुुकुरले हतियार, लागुऔषध र विष्फोटक पदार्थ ल्याएको व्यक्तिको पहिचान सहजै गर्ने भएकाले प्रहरीले गरेको परिचालन स्वभाविकै छ । तर अवैध आयात रोक्न जिम्मेवार निकायको इमान्दार प्रयत्न नै प्रधान हुन्छ ।


    सीमा अपराध नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी बलको रूपन्देही युनिटले नौ महिनामा १० करोडको अबैध सामान नियन्त्रण गरेको छ । रूपन्देहीको ७० किमिमा खुला सीमामा हुने तस्करी नियन्त्रण सशस्त्र प्रहरीको एकल प्रयासले मात्रै संभव छैन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोलीले समन्वयात्मक प्रयास हुनुपर्छ ।तस्करी हुँदा राज्यको आम्दानी गुम्छ, राज्यको राजस्वको स्रोतमा संकुचन आउँछ । तस्करी मौलाउँदै जाँदा सीमा अपराध बढ्दै जाने हो । नेपाल—भारत खुला सीमाको संवेदनशिलता बुझेर अपराध र तस्करी नियन्त्रण गर्न सुरक्षा निकायको परिचालन सगै नागरिक तहबाट पनि सहयोग उत्तिकै आवश्यक छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij