२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२३ औँ सामूहिक खेलकुद महोत्सव सुरु

२३ औँ सामूहिक खेलकुद महोत्सव सुरु

२३ औँ सामूहिक खेलकुद महोत्सव सुरु

२३ औँ सामूहिक खेलकुद महोत्सव सुरु

२३ औँ सामूहिक खेलकुद महोत्सव सुरु
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • भैरहवा । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनको लागि खेलकुद’ भन्ने नाराका साथ २३ औ सामूहिक खेलकुद महोत्सव आज बुधबारबाट सुरु भएको छ । सामुहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन  तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न विगत २२ वर्ष झै प्रतियोगिता आयोजना गरेको हो ।

    परिवारमा रहेका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि समबन्ध जोड्नका लागि प्रतियोगिताले भुमिका खेल्दै आएको छ । शिक्षाको साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रमहरु गर्दै आएको अध्यक्ष बसन्त पाण्डेले बताए । 

    प्रतियोगिताको मुख्य उद्धेश्य छात्र तथा छात्रालाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनिहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको श्रृजना गर्नु रहेको खेलकुद महोत्सबका संयोजक दिपक थापाले बताए । समूहमा आबद्ध २० विद्यालयका एक हजार ३ विद्याथीहरु वीचहुने खेल महोत्सव ३ तहमा विभाजन गरी प्रतियोगिता गराइने छ । कक्षा १देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी ३ तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरि २ विधामा प्रतियोगिता गराइने  संयोजक थापाले बताए । मंसिर २६ गते देखि २९ गते सम्म हुने ४ दिने खेल महोत्सवमा सय मिटरदेखि ८ सय मिटर सम्मका दौड, सय गुणे ४ रिले दौड, लङजम्प, सटपुट र भलिबल खेलहरु हुने आयोजकले जानकारी दिइएका छन । परिवारले केही दिन अगाडि मात्रै विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ ।

    महोत्सवमा सब जुनियर,जुनियर र सिनीयर तर्फबाट छात्र छात्रा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिने र सबै तहको अंकका आधारमा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिनेछ ।प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च हुने अनुमान गरिएको छ ।

    विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार ४८-४८ वटा स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूह तथा च्याम्पीयनलाई रनिङ सिल्ड, सिल्ड तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

    .स.२०५९ सालमा स्थापना भएको परिवारमा समाज तथा राष्ट्रका लागि असल जिम्मेबार खेलाडी÷नागरिक तयार गर्नु हो । खेल मैदानको अभावमा निश्चित ठाँउमा गराउनु पर्ने प्रतियोगिता फरक फरक ठाँउमा खेलाउदै आइएको छ । साझा खेल मैदान नहुदा त्यसमा सरोकारवाला निकायले ध्यान दिई यथासिघ्र प्रयोगमा ल्याउन जरुरी रहेको परिवारको माग छ । अहिले भलिवल खेल पक्लिहवा माविको प्राङगणमा हुदैछ भने अन्य खेल पक्लिहवा कृषि क्याम्पसमा हुदैछ । 

    संस्थाले स्थापना देखि विद्यार्थीहरु बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij