२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अलपत्र औद्योगिक क्षेत्र

अलपत्र औद्योगिक क्षेत्र

अलपत्र औद्योगिक क्षेत्र

अलपत्र औद्योगिक क्षेत्र

अलपत्र औद्योगिक क्षेत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • मोतीपुर औद्योगिक क्षेत्र घोषणा भएको लामो समय भयो । पूर्वाधार निर्माणका लागि शिलान्यास भएको पनि चार वर्ष भयो, तर काम अघि बढ्न नसक्दा अलपत्र परेको  छ ।


    औद्योगिक क्षेत्रभित्रको बस्तीका बारेमा अन्यौल हुँदा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्न सकेन् ।  बुटवलको मोतीपुरदेखि तिलोत्तमा, शुद्धोधन र सियारीसम्मको नदी उकास क्षेत्रसहित ९ सय बढी बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने संघीय सरकारले घोषणा गरेको थियो । त्यही घोषणाअनुसार सरकारले ८ सय १३ बिघा जग्गा मोतीपुर औद्योगिक क्षेत्र विकास समितिका नाममा ल्याइसकेको छ । यही जग्गाभित्रको बस्ती र खेतीयोग्य जग्गाधनीहरुको व्यवस्थापनका बारेमा बेलैमा ध्यान नदिनु कमजोरी भयो । 


    बस्तीसहितको खेतीयोग्य भूमिमा औद्योगिक क्षेत्र बनाउन सकिन्छ भन्ने सोंच्नु नै कमजोरी हो । कुनै विकास आयोजना अघि बढ्दा असन्तुष्ट समूहलाई कुनै राजनैतिक शक्तिको आडमा विवाद बल्झने प्रवृत्ति नेपाली समाजमा हावी छ । विकास आयोजनामा सहमति गरी अघि बढाउनुको साटो विवाद चर्काएर राजनैतिक स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएकाले हामी कहाँ धेरै आयोजन अलपत्र पर्दै आएका छन् । मोतीपुर औद्योगिक क्षेत्र पनि स्वार्थ समूहको जालोमा परेको हो । मोतीपुर औद्योगिक क्षेत्रलाई यस्तो बनाइएको छ कि अब यो आयोजना अघि बढ्दा थोरै क्षेत्रफलको सानो औद्योगिक क्षेत्र बन्ने दिशातिर अघि बढेको छ । प्रदेशको ड्रिम आयोजनालाई स्वार्थ बाँझिदा कसरी तुहाइन्छ भन्ने यो एउटा उदाहरण हो ।


    अहिले सरकारले पुनः जग्गाको नापजाँच अघि बढाएको छ । अब विवाद नभएको क्षेत्रफल निर्धारण गरी औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउनुपर्छ । विकास आयोजना अलपत्र पर्दा अपेक्षित उपलब्धि हासिल हुँदैन, जसले आम नागरिकमा निराशा बढाउँछ । मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्दा यस क्षेत्रका निराश उद्योगी व्यवसायीमा आशा जगाउन सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij