२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक अर्ब १८ करोड लागतका शहरी सडक निर्माण गर्न सम्झौता

एक अर्ब १८ करोड लागतका शहरी सडक निर्माण गर्न सम्झौता

एक अर्ब १८ करोड लागतका शहरी सडक निर्माण गर्न सम्झौता

एक अर्ब १८ करोड लागतका शहरी सडक निर्माण गर्न सम्झौता

एक अर्ब १८ करोड लागतका शहरी सडक निर्माण गर्न सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • लुम्बिनी संवाददाता
    भैरहवा
    एसियाली बिकास बैक (एडीबी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको सयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआइपी योजना अन्तरगतका विभिन्न शहरी सडक निमार्णकालागि  सम्झौता भएको छ । 
    एक अर्ब १८ करोडको लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी ईकेके ईन्फ्रास्ट्रक्चर लि.भारतबिच सम्झौता भएको हो । सम्झौतापश्चात् कार्यादेश पाएको ९ सय दिन भित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ । यो योजनाअन्तरगत नाली, फुटपाथ, सेफ्टी रेलिङ्ग, खानेपाली, बिजुली, स्ट्रीटलाईट, सडक कालोपत्रे, आरसिसि ढलान तथा नगर सुन्दरीकरणलगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी दिए । उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिइएको र समयमै सम्पन्न गर्नकोलागि निर्माण कम्पनीलाई आग्रह समेत गरे ।  
    एडीबीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका इञ्जिनियर साकार श्रेष्ठले जानकारी दिए । 


    उनका अनुसार यसअघि एडीबीका आइयुडीपी र आरयुडीपीका योजना सफतापूर्वक सम्पन्न गरे पश्चात नगरपालिकाले तेस्रो चरणको योजना सुरु गरेको हो । अघिल्ला दुई योजनाको उत्कृष्ट व्यवस्थापन गरेबापत नगरपालिका पुरस्कृत समेत भएको थियो । 


    बुटवलमा भने एडीबीका फोहोरमैला व्यवस्थापन, खानेपानी र अटो भिलेज गरी तीनवटा ठूला परियाजना स्थानीयस्तरको विवाद समाधान गर्न नसकेका कारण गुमेका थिए । 


    सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा सिद्धार्थनगरमा ठेक्का प्रक्रिया छिटो र पारदर्शी भएर लागू हुने चरणमा पुगेको उल्लेख गर्दै निर्माणको क्रममा पनि नगरपालिकाले पूर्णरुपमा सहजीकरण गर्ने बताइन् । एडीबीको ऋण लगानीमा हुने युआरएलआइपी योजना रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ । तर ती पालिकाहरुमा योजना अध्ययनकै क्रममा छन् । सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो । 


    यो योजनाअन्तरगत  विभिन्न २७ बटा सडकतर्फ साढे २३ किलोमिटर बढी लम्वाईका सडक निर्माण हुने छ । सुगरमिल, सुकुनीपथदेखि डण्डा कोरिडोर जाने सडक, भिमकाली पथ, दुर्गा कोलीनीका भित्री सडकहरु निर्माण हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत जनक थापाले बताए ।


     सम्झौतापश्चात् एक दुई महिनाभित्रमा नै  योजना कार्यान्वयनको चरणमा जाने र योजना पुरा हुँदा नगरको बिकासले फड्को मार्ने बताए । धेरै मेहनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उनले बताए । निर्माण कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लि.का प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजनालाई आफूहरुले समयमै पूरा गर्ने प्रतिबद्धता जनाए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij