२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मनपरी दोहन रोकौँ

मनपरी दोहन रोकौँ

मनपरी दोहन रोकौँ

मनपरी दोहन रोकौँ

मनपरी दोहन रोकौँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • मनपरी उत्खनन् हुँदा तिनाउ नदी अस्वभाविक रुपमा गहिँरिदै गएको छ ।नदी गहिरिदा जोखिम बढेको छ । बाढी आउँदा दाँया र बाँया कटान बढेको छ । नदी उकास क्षेत्र बढ्दा अतिक्रमण बढेको  छ । त्यही बस्ती कटानको मारमा परेको छ । मानवीय जोखिम बढेको छ । तिनाउ नदीमा भइरहेको अनियन्त्रित दोहन रोक्न पटक्कै चासो छैन् । 

    तिनाउ नदी दोहन रोक्ने काम स्थानीय तहको प्राथमिकतामा पर्नुपर्ने हो तर स्थानीय तहले ढुंगागिट्टी निकासीको ठेक्का दिएर नदीमा ठेकेदारको रजाईँ गर्न दिएका छन् । वर्षेनी नदीमा थुप्रिएको ढुंगागिट्टी र बालुवा निकाल्ने भन्दै मनपरी उत्खनन् भइरहेको छ । डेढ दशकयता तिनाउ १० मिटरसम्म गहिरिएको छ ।

    नदी सभ्यताको मुहान हो । नदी मान्छे सहित सबै प्राणीको जीवन धान्ने आधार हो । तिनाउ नदी खानेपानी र सिंचाईको महत्वपूणर् स्रोत हो ।रूपन्देहीको भविष्य तिनाउसँग गाँसिएको छ । तिनाउ नदीको बाढी, कटान र डुबान झेलेको रूपन्देहीले आगामी दिनमा अझै त्यस्ता कठिन दिनहरु झेल्नुपर्ने बाध्यता छ किन भने अस्वाभाविक रुपमा गहिरिएको नदीमा आउने बाढीले धेरै समस्या निम्त्याउँछ ।

    स्थानीय सरकार नदी संरक्षण होइन्, धेरै राजस्व असुलीको धन्दामै रमाएका छन् । नदी जोगाउँदा जीवन जोगिन्छ भन्ने मान्यतालाई आत्मसात गर्न पटक्कै चासो छैन् । नदीको दोहन बहुआयामिक प्रभाव देखिन थालेका छन् ।नदी दोहनले गहिरिदै जाँदा त्यसका असर सतहमा देखिइसक्दा दोहन नियन्त्रणमा पटक्कै ध्यान नजानु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो । ठेकेदारले कति परिमाणमा निकाल्ने, कति क्षेत्रफलमा निकाल्ने, कति गहिराईमा निकाल्ने भन्ने प्रष्ट तोकिएको हुन्छ । तर अनुगमन प्रभावकारी हुन नसक्दा मनपरी मौलाएको छ ।

    अब तिनाउलाई जोगाउने हो भने मनपरी उत्खनन् रोक्नुपर्छ । स्थानीय तहले तिनाउलाई आम्दानीको स्रोतको रुपमा मात्रै प्रयोग गर्न हुन्न । नदी जोगाउन सक्दा प्राकृतिक विपत्तिबाट जोगिन सकिन्छ । पर्यावरणीय सन्तुलनका लागि नदी अपरिहार्य भएकाले मृत्यु उन्मुख नदीलाई जोगाऔं,नदीको जीवन जोगिन सक्दा नै मान्छेको जीवन चल्ने हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij