२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • तिलोत्तमा। तिलोत्तमा नगर स्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी जनज्योति मावि तिलोत्तमा-४ डिङ्गरनगरले चुमेको छ । जनज्योति माविले ११ स्वर्ण १० रजत र ५ कास्य पदक सहित यस वर्षको राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो । शनिबार भएको फाइनल खेलमा पशुपति मावि ११ स्वर्ण ३ रजत र ७ कास्य सहित दोस्रो भएको छ भने होराइजन जिबिएस ५ स्वर्ण ३ रजत र १ कास्य सहित तेस्रो हुन सफल भएको छ ।

    नगरखेलकुद विकास समिति संयोजक लोक पुनको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता र नगर उप प्रमुख जगेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यतामा भएको थियो। समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खाणले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात यस्तै खेलबाट हुने हुनाले सहभागी बिद्यालय तथा खेलाडीहरुमा धन्यबाद ज्ञापन गर्नुभएको थियो।

    सोहि अवसरमा बोल्दै उपप्रमुख जगेश्वर देवि चौधरीले खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको बताइन ।उनले खेलको विकासका लागि नगरपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको स्मरण गर्दै तिलोत्तमा नगरलाई खेलकुदको हव बनाउनु पर्नेमा जोड दिइन ।

    समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य लगाएतले बोल्दै खेलको विकासका लागि नगरपालिकाले समन्वयकारी भूमिकामा काम गरिरहेको बताएका थिए ।तिलोत्तमा-४, जनज्योति खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका थिए।

    प्रतियोगितामा ५४ विधामा खेल भएका थिए भने एथ्लेक्टिक्सतर्फ २६ इभेन्टहरु,करातेतर्फ १२, तेक्वान्दो तर्फ १२, भलिबलतर्फ २ र कबड्डीतर्फ २ विधामा खेल भएको थियो। जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका सम्योजक तथा अध्यक्ष लोक पुनले बताए।

    रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु समेत सम्पन्न गरिएको छ।  बिहिबारदेखि सुरु भएको खेलमा अन्तरगत शुक्रबार प्रारम्बाहिक चरण तथा सेमिफाइनल राउण्ड र शनिबार एथ्लेटिक्स तर्फका खेलहरु सपन्न भएका थिए भने शनिबार फाइनल खेलहरु भएका थिए ।

    खेलमा तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालय सहभागीे छन् । सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट गरिने र जिल्लाको रनिङ्ग शिल्ड समेत तिलोत्तमा नगरपालिकाले संयोजन गर्ने भएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij