२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • बुटवल ।नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ  विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

    काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए ।

    बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो । विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।

    ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।

    दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij