२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामूहिक खेल महोत्सवको उपाधि मनकामनालाई

सामूहिक खेल महोत्सवको उपाधि मनकामनालाई

सामूहिक खेल महोत्सवको उपाधि मनकामनालाई

सामूहिक खेल महोत्सवको उपाधि मनकामनालाई

सामूहिक खेल महोत्सवको उपाधि मनकामनालाई
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • भैरहवा । २३ औं सामूहिक खेल महोत्सबको उपाधि मनकामना इङ्ग्लिस हाइ स्कुलले हात पार्न सफल भएको छ ।

    सामूहिक  विद्यालय  परिवार रूपन्देही अन्तर्गत रहेका विद्यालयका विद्यार्थीहरूमा रहेको अन्तरनिहीत प्रतिभाहरू प्रष्फुटन गर्ने उद्धेश्यले आयोजना गरेको खेल महोत्सवमा मनकामनाका विद्यार्थी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै  उपाधि हात पार्न सफल भएका हो । बुधबार देखि सुरु भएको महोत्सवमा एथ्लेटिक्स तर्फ ६  स्वर्ण, २ रजत, ६ कास्य पदक प्राप्त गरी मनकामना इङ्ग्लिस हाइ स्कुल प्रथम भएको छ भने ५  स्वर्ण, २ रजत,   पदक प्राप्त गरी मिनर्वा इङ्ग्लिस हाइ स्कुल द्वितीय  त्यस्तै ५ स्वर्ण, ३कास्य पदक प्राप्त गरी स्पाङगल इङ्ग्लिस स्कुल तृतीय भएको सामूहिक विद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डेले बताए ।

    यस्तै भलिबल छात्र तर्फ सिबि पब्लिक प्रथम,  न्यु इरा द्वितीय र लड बुद्ध तृतीय भएका छन् भने छात्रातर्फ मनकामना प्रथम, सन्जिवनी द्वितीय र मिनर्वा तृतीय भएका छन ।

    सामुहिक विद्यालय परिवार रुपन्देहीले आयोजना गरेको खेलकुद महोत्सवको मङ्सिर २६ गते  बुधबार सुरु भइ २९ गते शनिबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  धरेन्द्र कार्कीले सामूहिक विद्यालय परिवारले आयोजना गरेको खेलले विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने संगै मनोबल बढाउन सहयोग पुग्ने बताए। 

    २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवार रूपन्देहीले २३ वर्षको दौरानमा थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको छ । नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राखी, समूहमा आबद्ध विद्यार्थी एवम् शिक्षकहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापमा विकास गरी अन्तरनिहीत प्रतिभाहरू प्रष्फुटन गर्ने उद्देश्यले निरनतर रुपमा महोत्सव आयोजना हुदै आएको छ । अध्यक्ष पाण्डेले सामूहिक विद्यालय परिवारले खेल मैदानको अभावका कारण कहिले कहा कहिले कहा खेल गराइरहँदा धेरै चुनौतीहरू झेल्नु परिरहेको बताउँदै स्थायी रूपमा खेलमैदान भए सामूहिक विद्यालय परिवार रूपन्देहीको खेलहरुलाई थप व्यवस्थित गराउन सकिने बताए ।

    स्वास्थ्यका लागि खेलकुद जीवनका लागि खेलकुद भन्ने मूल नाराका साथ विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य साथ सञ्चालन गरीएको खेल महोत्सवको उद्देश्य पुरा भएको  आयोजक टिमले जनाएको छ । 

    खेल महोत्सवमा पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल ,सय गुणे चार रिले दौड,  लङजम्प, र  सटपुट खेलहरू भएका थिए । सामूहिक विद्यालय परिवार रूपन्देहीमा सिद्धार्थनगर नगरपालिका तिलोत्तमा नगरपालिका मायादेवी गाउँपालिका रोहिणी गाउँपालिका र ओम सतिया गाउँपालिकामा पर्ने २० विद्यालय सदस्य रहेका छन् । महोत्सवको एथ्लेटिक्स तर्फका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पसमा भएको थियो भने भलिबल खेल पक्लिहवा माविमा थियो ।

    समूहमा आबद्ध  विद्यालयका १ हजार ३ सय  विद्यार्थीहरु वीच भएको खेल महोत्सव ३ तहमा विभाजन गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij