२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल हुनेछ ।

    यसअघि हिजोको खेलमा पोखरालाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । आज कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउनेछ ।

    लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ र कर्णाली गरी तीनवटा टोलीबीच प्रतिस्पर्धा छ ।

    सुदूरपश्चिम छ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स सात खेलमा १० अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान सात खेल खेलेको चितवन आठ अङ्कसहित तेश्रो स्थानमा छ ।

    छ खेलमा आठ अङ्कसहित कर्णाली चौथो स्थानमा छ भने सात खेल खेलेको काठमाण्डौ आठ अङ्कसहित पाँचौँ स्थानमा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij