२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ

दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ

दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ

दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ

दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ वडा कार्यालयको आयोजनामाभएको वडा कपगोलिगढ युवाक्लबले जितेको छ । आईतबार गोनहियामा रहेको मैदानमा सम्पन्नफाईनलप्रतियोगितामागोलिगढले रोयल मिश्रौलियालाई हराउदै उक्तउपाधीजितेको छ । सेमीफाईनल खेलमागोलगढले उदयपुर र मिश्रौलियाले गोलिगढ बी टिमलाई हराउदै फाईनलमापुगेका थिए ।

    पहिला व्याटिङ गरेको गोलिगढले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउदै १३४ रनको बिशाल स्कोर बनाएको थियो । उसकालागि सुनिल सहानीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ६९ रन बनाए । यो रन नै गोलिगढको जितमा महत्वपूर्ण रह्यो । यस्तै गोलिगढका ब्याट्स म्यानशिवधवल र जर्सी नम्बर १५ का सुनिल सहानीले समान १४-१४ रज बनाउदामुमताजखाँनले १३ रनको योगदान गरे ।

    बलिङ तर्फ मिश्रौलियाका बलरहरुले केहीखास गनै सकेनन् । मिश्रोलियकालागिलवकुशकुर्मीले २ विकेट र अरुण कुर्मी, अमितकुर्मि र विजयकुर्मीले समान १-१ विकेट लिए ।

    १३५ रनको विशाललक्ष्य पछ्याएको मिश्रौलियाको टोली सुरु देखि नै दबाबमा खेलेको थियो । गोलिगढको घातक बलिङको अगाडी मिश्रोलियकाकुनै पनि खेलाडी राम्ररी खेल्न सकेनन् । मिश्रौलियाकालागिविजयकुर्मी १३ रन र शिवशंकर कुर्मीको १२ रन बाहेक अन्यकुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नतिजा ११ ओभरमै मिश्रौलियाले आफ्नो सबै विकेट गुमाउदै ६२ रन मात्रबनाउन सक्यो र पराजितभयो ।

    मिश्रौलियालाई सस्तोमै समेटन सुनिल सहानीले ५ विकेट लिए । यस्तै हसनखाँन, आशीष, आरीफ र रोशनले समान १÷१ विकेट बाडे ।

    फाईनल खेलको म्यानअफ द म्याच सहितउत्कृष्ट बलर, ब्याटर र म्यानअफ द सिरिजकाभे उपाधीगोलिगढको सुनिल सहानीले प्राप्त गरे ।

    प्रतियोगितामाप्रथमभएको गोलिगढले कर सहित २५ हजार र दोश्रो भएको मिश्रौलियाको टोलीले कर सहित १५ हजार रुपैया प्राप्तग¥यो ।

    प्रतियोगिताको समापनगर्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले प्रतियोगिताले वडा स्तरमै क्रिकेट खेलाडीहरु उतपादनमा सहयोग गर्ने बताए । उनले अर्कोवर्ष पुनः यो भन्दा राम्रो र भब्यतरिकाले प्रतियोगिताको आयाजना गर्ने बताए । समापन समारोहमा वडा अध्यक्ष सहित वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा शर्मा, युवराज बराल सविता हरिजन, वडा सचिवअब्दुल रसिद पठान सहितगोलिगढ टोल सुधार समितिकाअध्यक्षयुवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij