बुटवल । बुटवलको स्कलर्स हाेम बाेर्डिङ सेकेण्डरी स्कुलमा खेल सप्ताह सम्पन्न भएको छ । विद्यालयकाे वार्षिकोत्सब कार्यक्रमलाई मध्यनजर गरी मिति कार्तिक २६ देखि पुस १ गते सम्म खेल सप्ताह मनाइएको हो।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्यालकाे अध्यक्षता र विद्यालयका सह प्राचार्य टीकाराम गाैतमकाे स्वागत मन्तव्य रहेको थियो ।
उक्त कार्यक्रममा कक्षा पिजीदेखि कक्षा ४सम्म ताताे आलु, इन आउट,बेलुन व्लाष्ट,फिल अाउट द बक्स,मेमाेरी गेम गणित दाैड लगायतका खेल खेलाइएको जानकारी ब्लक ए ईन्चार्ज कमला पाण्डेले दिए।
त्यसैगरी सिनियरतर्फ १००मिटर ,२००मिटर,४×१००मिटर दाैड,हाई जम्प,लङ जम्प,भलिवल ,बाेरा दाैड,डाेरी तानातान खेल लगायतका खेलहरू खेलाइएको जानकारी अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीले जानकारी दिए।
अउत्साहजनक विद्यार्थीकाे उपस्थिति रहेकाे उक्त साप्ताहिक खेलमा २५ वटा इभेन्टहरु मा कक्षा पि जि देखि कक्षा १२ सम्म का करिब १२०० बिद्यार्थी खेलमा सहभागी गराइ बिधालय को ३३ औ स्थापना दिवस को अबसरमा बिजेता बिद्यार्थी हरुलाइ पुरस्कृत गर्ने विद्यालय संयाेजक शाेभारानी प्रधानले जानकारी दिईन।
शिक्षकहरु प्रदीप देवकोटा,नेत्रप्रसाद भट्टराई ,सावित्रा पन्थी लगायतले विभिन्न खेलमा विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए।




