परासी ।पश्चिम नवलपरासी बर्दघाटमा बर्दघाट महाेत्सव मेला २०८१ संचालन हुने भएकाे छ ।पश्चिम नवलपरासीको बर्दघाटमा आठौं बर्दघाट महाेत्सव संचालन हुने भएकाे हाे ।आज बर्दघाटमा पत्रकार सम्मेलन गरि बर्दघाट उद्योग बाणिज्य संघ नवलपरासीले कला संस्कृति उद्योग र व्यापार ,समृद्ध बर्दघाटकाे बालियाे आधार भन्ने नाराकाे साथ आठौं बर्दघाट महाेत्सव संचालन गर्न लागिएको जानकारी दिएकाे छ ।
यही पुस ८ गतेदेखि १८ गतेसम्म आठौं बर्दघाट महाेत्सव मेला २०८१ संचालन गर्न लागिएकाे बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्याैपानेले जानकारी दिए ।उनले बर्दघाट नगरलाई कृषि पर्यटन संस्कृति तथा ओैदाेगिक नगरकाे रूपमा परिचित गराउदै उपभोक्ता बर्गलाई नगरभित्र किनमेल गर्ने बानिकाे बिकास गराउनु साथै कृषि उत्पादन पर्यटन प्रबर्द्धन संस्कृति जर्गेना गराउनु व्यापार मेलाकाे लक्षय रहेकाे बताए ।
आर्थिक चलामयन बनाउने र घरेलु स्थानिय व्यापार तथा उद्योग व्यापारलाई प्रबर्द्धन गर्ने उदेश्यले आठौं बर्दघाट महाेत्सव संचालन गर्न लागिएकाे अध्यक्ष न्याैपानेले बताए ।
मेलामा दैनिक उपभाेग्य बस्तु तथा सेवा साना तथा घरेलु उत्पादन ,जडिबुटी तथा कृषि उत्पादन शैक्षिक स्वास्थ बैक तथा बितिय संस्था ,हाेटल तथा रेष्टुरेन्ट बाल उधान ,राष्ट्रिय तथा स्थानिय कलाकारहरूकाे बेजोड प्रस्तुती र आर टि फिसियल फिस टनेल रहने छ ।मेलामा २ सय ५० स्टल रहने आयाेजकले जनाएकाे छ ।
मेलामा दुई लाख दर्शकअवलोकन गर्न आउने अनुमान गरिएको र ३ कराेड कराेबार गर्ने लक्ष्यसाथ अपेक्षा गरिएको संघका महासचिव गंगा पाठकले जानकारी दिए ।
उनकाे अनुसार मेलामा ६० लाख देखि ७०लाख खर्च हुने बताए ।टिकट सर्बधारणालाई ८० रूपैया र बिधार्थीलाई टिकटमा ६० र परिचयपत्रकाे आधारमा जेठ नागरिक,निशुल्क प्रबेशकाे व्यवस्था मिलाईएकाे संघले जनाएकाे छ




