२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सहयात्री सहकारीमा हरि वहादुर वोमरेलको नेतृत्वमा सञ्चालक समिति चयन

सहयात्री सहकारीमा हरि वहादुर वोमरेलको नेतृत्वमा सञ्चालक समिति चयन

सहयात्री सहकारीमा हरि वहादुर वोमरेलको नेतृत्वमा सञ्चालक समिति चयन

सहयात्री सहकारीमा हरि वहादुर वोमरेलको नेतृत्वमा सञ्चालक समिति चयन

सहयात्री सहकारीमा हरि वहादुर वोमरेलको नेतृत्वमा सञ्चालक समिति चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • भोजेन्द्र नेपाली- बुटवल। सहयात्री वचत तथा ऋण सहकारी संस्था लि.बुटवलको १७ औ वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन र सृजनशिल सहयात्री समाजको १४ औं बार्षिक साधारण सभा तथा पाचौं अबिधेशन सम्पन्न भएको छ । 

    सहकारीका अध्यक्ष हरि वहादुर वोमरेलले आ.व.०८१÷०८२ वार्षिक नीति तथा कार्यक्रम, सचिव हस्त वहादुर हिताङ्गले सञ्चालक समितिको तर्फवाट वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र रोकाहाले आ.व. २०८०÷०८१ को आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक चन्द्र वहादुर नेपालीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा, सामाजिक विकास समितिका सभापति यमु गैरेले पछिल्लो समयमा सहकारी क्षेत्रमा उत्पन्न भएका असहज परिस्थिती तथा चुनौतिका वीच आर्थिक, सामाजिक रुपमा पछाडि परेका वर्ग समुदायलाई संगठन गरि छरिएर रहेको पुजिलाई एकिकृत गरि सहकारी अभियानमा छुट्टै पहिचान वनाउन सफल समुदायको एक मात्र नमुना र उदाहरणीय सहकारी रहेको वताउदै संस्थाले अवका दिनमा वचत तथा ऋणको कारोवार मात्र नभई उत्पादनमुलकमा काम गर्न समेत जोड दिए।  

    सहकारीका अध्यक्ष हरि वहादुर वोमरेलको अध्यक्षमा सृजनसिल सहयात्री समाजका उपाध्यक्ष वल वहादुर थापाको स्वागत मनत्व्यमा कार्यक्रमको सञ्चालन सहकारीका सहसचिव नेत्र वहादुर रुचालले गरेका थिए ।

    साथै सोहि अवसरमा संस्थाका जेष्ठ सदस्य, एकल महिला उधमी ब्यवसायी, वालवचत कर्ता, पि.एच.डि.उपाधि प्राप्त, डाक्टर, सरकारी कर्मचारी, पत्रकार, कलाकार, कक्षा १२ उत्तिर्ण विद्यार्थी लगायत संस्थाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    त्यसै गरि शेयर सदस्यहरुवाट प्राप्त जिज्ञासा तथा सुझावहरुलाई व्यवस्थापक कमल वस्यालले प्रस्ट पारेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार लगायत संरक्षक एच.वि.रम्तेलले संस्थाले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो । संस्थामा हाल १४१९ जना  शेयर सदस्य रहेको तथा करिव १७ करोड ६८ लाखको कुल कारोबार रहेको छ । 
           

     छैठौं अबिधेशनबाट हरि वहादुर वोमरेलको अध्यक्षतामा ११ सदस्यीय सन्चालक समित चयन भएको छ । जसको उपाध्यक्षमा राजेन्द्र रोकाहा, सचिवमा हस्त हिताङ्ग, कोषाध्यक्ष छव वहादुर नेपाली, सहसचिवमा रिना नेपाली र सदस्यहरुमा दिपक नेपाली, शान्ती नेपाली, भजवता नेपाली, बिन्द्रा नेपाली, वेल वहादुर गैरे र मिना नेपाली तथा  लेखा सुपरिबेक्षण समितिमा लक्ष्मी नेपाली, कमला थापा र कृष्ण वहादुर नेपाली चयन भएका छन् । 

    Messenger_creation_748074AD-ADB6-41E8-8F31-D8B68B67D35E.jpeg


    त्यसै गरि पाँचौ अबिधेशनबाट सृजनसिल सहयात्री समाजको अध्यक्षमा वल वहादुर थापा, उपाध्यक्षमा तुल वहादुर रुचाल, सचिवमा सिता रोकाहा, सहसचिवमा हेम कुमार नेपाली, कोषाध्यक्षमा भजवता नेपाली र सदस्यहरुमा जगलाल नेपाली, राजेश गरै, मनोज नेपाली, शोभाखर नेपाली, शान्ती बम्रेल चयन भएका छन् ।

    सोहि अवसरमा आर्थिक रुपले विपन्न तथा जेहेन्दार सामुदायिक विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई झोला र नगद सहितको सृजनशिल सहयात्री छात्रवृति प्रदान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij