२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बुटवल ।  चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो ।

    कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए ।

    यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।

    अब कर्णालीले दोस्रो क्वालिफायरमा आजै हुने पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा अहिले दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णालीसँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले पहिलाे क्वालिफायरकाे विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij