२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बुटवल । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।

    आज भएकाे पहिलाे क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायाे । जनकपुरले दिएकाे १ सय ४० रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशाेर महताेले १/१ विकेट लिए । 

    यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायाे । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

    याे खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब जनकपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा भाेलि कर्णाली याक्ससँग खेल्नेछ । याे खेलमा विजयी हुने टाेलीले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएकाे इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।

    फाइनल खेल आउँदो शनिवार हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij