२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ठूला उद्योगमा 'लोडशेडिङ' शुरू, माथिल्लाे तामाकोशी पूर्ण क्षमतामा चलेपछि समस्या समाधान हुने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बुटवल ।  नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा लोडशेडिङ शुरू गरेको छ । 'पिक' समय अर्थात् बेलुका ५ बजेदेखि राति ९ बजेसम्म बिजुली अभाव रहेको भन्दै प्राधिकरणले ठूला उद्योगहरूमा विद्युत्क टौती गर्न थालेको हो ।

    धेरै बिजुली खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतले बिजुली नदिएकोले कटौती गर्न बाध्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    उनले भने, ‘हिउँदमा भारतबाट दिउँसाे र रातिकाे समयमा बिजुली आयात गर्ने सहमति भएकाे छ । तर 'पिक टाइम' अर्थात् बेलुका ५ बजेदेखि ९ बजेसम्म बिजुली आयात गर्ने सहमति भएकाे छैन । त्यस कारण केही उद्योगहरूमा बिजुली कटौती गर्नुपरेकाे हाे ।’

    कार्यकारी निर्देशक घिसिङका अनुसार ४ सय ५६ मेगावट क्षमता रहेको माथिल्लाे तामाकोशीमा गएको असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा बिजुली आपूर्तिमा समस्या भइरहेको हो । माथिल्लाे तामाकोशीबाट पूर्ण क्षमतामा बिजुली प्रवाह भएपछि अहिलेको लोडशेडिङकाे समस्या समाधान हुने उहाँको दाबी छ ।

    तर माथिल्लाे तामाकोशी पूर्णरूपमा सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने उनले बताए । ठूला उद्योगहरूमा बिजुली कटौती भए पनि अन्य ग्राहकहरूले लोडशेडिङको समस्या भोग्न नपर्ने उनले बताए ।

    घिसिङका अनुसार अहिले पिक समयमा नेपालमा १९ सय मेगावाट बिजुली माग रहेकोमा नेपालको उत्पादन १६ सय मेगावाट मात्रै रहेको छ ।

    नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खायाममा उत्पादन घट्ने गरेको छ । अहिले नेपालको जलविद्युत् जडान क्षमता झन्डै तीन हजार चार सय तीन मेगावाट पुगेको छ । तर नदीमा पानी घटेसँगै फागुन, चैतमा एक हजार मेगावाटसम्म झर्न सक्ने प्राधिकरणले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij