२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका कपमा बुधबार भए यी खेल

कालिका कपमा बुधबार भए यी खेल

कालिका कपमा बुधबार भए यी खेल

कालिका कपमा बुधबार भए यी खेल

कालिका कपमा बुधबार भए यी खेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६४ औं वार्षिक उत्सव तथा चौँथो कालिका कप अन्तरगत बुधार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

    एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिबल, छात्र छात्रा कबड्डी प्रतियोगिताका विभिन्न चरण सम्पन्न भएका हुन । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् । यस्तै छात्रातर्फ पशुपति माविका चाँदनी पासी प्रथम भएकी हुन ।

    यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्योती माविका शुभम बमरेल प्रथम र छात्रातर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छिन् । ४ वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।

    यस्तै छात्र तर्फ जनज्योती माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा पशुपति माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन ।

    यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् । ८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प्रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् ।

    ४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रातर्फ पशुपति माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।

    यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगितामा पहिलो खेलमा न्युहोराईजन र पशुपति माविका बिचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडेमीको बिचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।

    यस्तै अर्को पाँचौँ प्रतिस्पार्धामा ईडन मावि र उजिर सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधावार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्योति मावि र क्यान माविका बिचमा भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका बिचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।

    छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका बिचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।

    कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा बिचमा भएको प्रतियोगितामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका बिचमा भएको प्रतियोगीतामा नविन औद्योगिक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका बिचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij