२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही पूल तथा स्नुकर संघको महासचिवमा प्रकाश र सचिवमा प्रदीप मनोनित

रुपन्देही पूल तथा स्नुकर संघको महासचिवमा प्रकाश र सचिवमा प्रदीप मनोनित

रुपन्देही पूल तथा स्नुकर संघको महासचिवमा प्रकाश र सचिवमा प्रदीप मनोनित

रुपन्देही पूल तथा स्नुकर संघको महासचिवमा प्रकाश र सचिवमा प्रदीप मनोनित

रुपन्देही पूल तथा स्नुकर संघको महासचिवमा प्रकाश र सचिवमा प्रदीप मनोनित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • बुटवल । रुपन्देही पूल तथा स्नुकर संघको महासचिवमा प्रकाश क्षेत्री मनोनित भएका छन् । संघका महासचिव शंकर खड्का लामो समयसम्म विरामी परेकाले संघको कार्यसमिति वैठकले सचिव प्रकाश क्षेत्रीलाई महासचिवमा बढुवा गरी मनोनित गरेको हो ।

    यस्तै सचिवमा कार्यसमिति सदस्य प्रदीप विकलाई मनोनित गरिएको संघका अध्यक्ष सुजन पुनले जानकारी दिए । कार्यसमिति वैठकमा संघका  बरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य,सल्लाहकार प्रमोद थापा,अध्यक्ष सुजन पुन लगायतले मन्तव्य राख्दै नयां महासचिव र सचिव मनोनित भएपछि रुपन्देही पूल तथा स्नूकर संघ थप क्रियाशील हुने विश्वास व्यक्त गर्दै दुबै जनाको कार्यकाल सफलताको शुभकामना दिए ।

    २०८० बैशाखमा सम्पन्न संघको पाचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुजन पुनको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएको थियो । जसको प्रथम उपाध्यक्ष बासु प्रधान, द्वितिय उपाध्यक्ष नबिन गुरुङ, महासचिव शंकर खड्का, सचिव प्रकाश क्षेत्री, कोषाध्यक्ष अमिन थापा तथा सदस्यहरुमा बिशाल काउचा, सरोज केसी, रमेश रोका, सन्जु बस्नेत, जोसनमान गौचन, बिजय गुरुङ, साराङ राना, समुन्द्र अमात्य, प्रदिप बिक निर्वाचित भएका थिए । संघले हरेक वर्ष जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्दै स्नूकर खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij