लुम्बिनी प्रदेशको महत्वपूणर् पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाऔं बर्दिया अभियान शुरूगर्नु सकारात्मक छ । यो अभियानले बर्दियाको पर्यटन प्रवद्र्धनमा महत्वपूणर् भूमिका खेल्ने आशा गर्न सकिन्छ ।
बर्दिया पर्यापर्यटनको महत्वपूणर् गन्तव्य हो । विश्वमै दुर्लभ पाटे बाघ सहित विभिन्न वन्यजन्तुको आश्रयस्थल रहेको बर्दिया आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैँडा र हात्तीको बथानका साथै चित्तल, जरायो, बाह्रसिङ्गा, विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।
थारू संस्कृति र जीवनशैली पनि पर्यटकको लागि आर्कषक हुनसक्छ ।बर्दिया कृषि उत्पादनको पनि प्रचुर संभावना छ । कृषि उत्पादन प्रणालीलाई आधुनिकरण गर्दै अघि बढ्दा अरुका लागि सिकाई हुनसक्छ । बर्दियाले बन्यजन्तु संरक्षणमा जुन ख्याति र नाम कमाएको छ, त्यसै अनुसार अपेक्षित लाभ हासिल गर्न सकिरहेको छैन् । समुदायको जीवनस्तर बढ्न सकेको छैन् ।
व्यवसायीको लगानी उल्लेख्य बढ्न सकेको छैन् । बन्यजन्तु संरक्षण गरेर पर्यटन प्रवद्र्धन हुन नसक्दा समुदायमा स्वाभाविक रुपमा निराशा बढ्ने र संरक्षणप्रति नकारात्मक बन्ने प्रवृति बढ्न सक्छ, यसले संरक्षण अभियानलाई नै प्रतिकुल प्रभाव पार्न सक्छ । समुदाय र पर्यटन व्यवसायीको यही मनोविज्ञान बुझेर लुम्बिनी प्रदेश सरकारले ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर घुम्न जाऔं बर्दिया अभियान थालनी गरेर उत्साह थप्ने काम गरेको छ ।
कृषि र पर्यटनलाई लुम्बिनी प्रदेश सरकारले समृद्धिको आधार मानेको छ । कृषिको व्यवसायीकरण गरी समृद्धितर्फ प्रस्थान गर्ने र पर्यटन मार्फत समृद्धिमा छलाङ मार्ने योजना अघि सारेको प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष २०८१ ।०८२ को बजेट ल्याउदा नै घोषणा गरेको थियो ।
घुम्न जाउँ बर्दिया अभियानले लुम्बिनी प्रदेश सरकारको रचनात्मक कामलाई उजगार गरेको छ । प्रदेश सरकारप्रति नागरिकको अपनत्व बढाउने बातावरण तयार गरेको छ । घुम्न जाउँ बर्दिया झै प्रदेशका महत्वपूणर् पर्यटकीय स्थलको प्रचार प्रसारका लागि स्थानीय तहसँग मिलेर प्रदेश सरकारले अभियान सञ्चालन गर्न सक्छ । पर्यटन पूर्वाधार विकासका काममा बजेट बढाउन सक्छ ।




