२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घुम्न जाउँ बर्दिया

घुम्न जाउँ बर्दिया

घुम्न जाउँ बर्दिया

घुम्न जाउँ बर्दिया

घुम्न जाउँ बर्दिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाऔं बर्दिया अभियान सुरु गर्नु सकारात्मक छ । यो अभियानले बर्दियाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ ।


    बर्दिया पर्यापर्यटनको महत्वपूर्ण गन्तव्य हो । विश्वमै दुर्लभ पाटे बाघसहित विभिन्न वन्यजन्तुको आश्रयस्थल रहेको बर्दिया आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैँडा र हात्तीको बथानका साथै चित्तल, जरायो, बाह्रसिङ्गा, विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।
     थारू संस्कृति र जीवनशैली पनि पर्यटकको लागि आकर्षक हुनसक्छ । बर्दिया कृषि उत्पादनको पनि प्रचुर संभावना छ । कृषि उत्पादन प्रणालीलाई आधुनिकरण गर्दै अघि बढ्दा अरुका लागि सिकाई हुनसक्छ । बर्दियाले वन्यजन्तु संरक्षणमा जुन ख्याति र  नाम कमाएको छ, त्यसैअनुसार अपेक्षित लाभ हासिल गर्न सकिरहेको छैन । समुदायको जीवनस्तर बढ्न सकेको छैन ।

    व्यवसायीको लगानी उल्लेख्य बढ्न सकेको छैन । वन्यजन्तु संरक्षण गरेर पर्यटन प्रवद्र्धन हुन नसक्दा समुदायमा स्वाभाविक रुपमा निराशा बढ्ने र संरक्षणप्रति नकारात्मक बन्ने प्रवृत्ति बढ्न सक्छ, यसले संरक्षण अभियानलाई नै प्रतिकुल प्रभाव पार्न सक्छ । समुदाय र पर्यटन व्यवसायीको यही मनोविज्ञान बुझेर लुम्बिनी प्रदेश सरकारले ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर घुम्न जाऔं बर्दिया अभियान थालनी गरेर उत्साह थप्ने काम गरेको छ । 


    कृषि र पर्यटनलाई लुम्बिनी प्रदेश सरकारले समृद्धिको आधार मानेको छ । कृषिको व्यवसायीकरण गरी समृद्धितर्फ प्रस्थान गर्ने र पर्यटनमार्फत् समृद्धिमा छलाङ मार्ने योजना अघि सारेको प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष २०८१ ।०८२ को बजेट ल्याउँदा नै घोषणा गरेको थियो । 


    घुम्न जाउँ बर्दिया अभियानले लुम्बिनी प्रदेश सरकारको रचनात्मक कामलाई उजगार गरेको छ । प्रदेश सरकारप्रति नागरिकको अपनत्व बढाउने वातावरण तयार गरेको छ । घुम्न जाउँ बर्दिया झैँ प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलको प्रचार प्रसारका लागि स्थानीय तहसँग मिलेर प्रदेश सरकारले अभियान सञ्चालन गर्न सक्छ । पर्यटन पूर्वाधार विकासका काममा बजेट बढाउन सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij