२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान

कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान

कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान

कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान

कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल सरकारले बनाउन लागेको फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयले मैदानमा फ्लड लाइट र प्यारापिट बनाउनका निम्ति बोलपत्र आह्वान गरेको हो । 

    बोलपत्रअनुसार कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निमार्णका निम्ति एक करोड ६२ लाख र एक करोड ७३ लाख रुपैयाँ तोकिएको छ । जसमा दुवै पूर्वाधार निर्माणका निम्ति बोलपत्रमा आवदेन दिन २० हजार रुपैयाँ शुल्क तोकिएको छ । 


    बिहीबार आह्वान गरिएको बोलपत्रको समयावधि माघ महिनाको ६ गतेसम्म छ । 

    रंगशाला निमार्णमा हतार नगरौँ भन्ने सल्लाह आयोः प्रधानमन्त्री
    प्रधानमन्त्रीको कार्यभार सम्हालेको पहिलो दिन गत असार ३१ गते नै केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो निर्णय नै कीर्तिपुरमा सुविधासम्पन्न रंगशाला निमार्ण गर्ने भएको सार्वजनिक गरेका थिए । त्यसबेला प्रधानमन्त्री ओलीले कीर्तिपुरमा ३०० दिनभित्रै रंगशाला निमार्ण हुने दाबी गरेका थिए । तर, शुक्रबार फ्लड लाइट र प्यारापिट निमार्णका निम्ति बोलपत्र आह्वान भएपछि भने प्रधानमन्त्री ओलीले विश्वस्तरको रंगशाला निमार्ण गर्न हतार नगरौँ भन्ने सल्लाह आएको बताएका छन् ।

    “क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ । यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौं । त्यसबेला क्यानका पदाधिकारीले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनुभएको थियो,” ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ । काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु ।”

    कीर्तिपुरमा फ्लड लाइटका निम्ति बोलपत्र आह्वान भएको यो पहिलो पटक भने होइन । यसअघि २०७९ चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए । 

    त्यसबेला आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल हेर्न त्रिवि मैदान पुगेका दाहालले यसका फ्लड लाइट र स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए ।  

    प्रधानमन्त्रीको निर्देशनपछि राखेपले पहिलो पटक २०८० वैशाख ४ गते फ्लड लाइटको लागि टेन्डर आह्वान गरेको थियो ।  त्यसयता राखेपले फ्लड लाइटलाई मात्रै चारपटक बोलपत्र आह्वान गरिसकेको छ । तर, विविध कारणले टेन्डरका लागि छनोट भएका कम्पनी पनि टेन्डर रद्द हुँदा हालसम्म फ्लड लाइटको प्रगति शून्य बनेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij