परासी।पश्चिम नवलपरासीमा लघु घरेलु तथा साना उधमी व्यवसायी र उपभोक्तलाई लक्षित गरि उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी प्रशिक्षण दिईएकाे छ ।
घरेलु तथा उद्योग कार्यालय नवलपरासीले लघु घरेलु तथा साना उधमी व्यवसायी र उपभोक्तलाई प्रशिक्षण दिईएकाे हाे ।कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा लघु घरेलु तथा साना उधमी व्यवसायी गदै आएका उधमी र उपभोक्ताहरूकाे सहभागिता रहेकाे थियाे ।
उद्योगमा उत्पादन गरेकाे सामाग्री गुणस्तर बृद्वि र लेबलिङ गर्ने तरिक र उत्पादन बस्तुकाे गुणस्तरकाे सुनिश्चित गरेरमात्र बजारमा बिक्रीवितरण गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अनुप हलवाईले प्रशिक्षण दिएका थिए ।
उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिती स्पष्ट देखिन गरि र त्यसमा खाद्यपदार्थहरू कम्पनी नाम लेबलिङ सम्बन्धि लघु घरेलु तथा साना उधमी व्यवसायी र उपभोक्तलाई लक्षित गरि उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी प्रशिक्षण दिईएकाे घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषाेत्तम पाैडेलले जानकारी दिए ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषाेत्तम पाैडेलकाे अध्यक्षतथा तथा लुम्बिनी प्रदेश सासद बैजनाथ कलवारकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रम बाेल्दै प्रदेश सासद बैजनाथ कलवारले उद्यमीले उपभोक्तासंग प्रत्यक्ष जोडिने वस्तु उत्पादन गर्ने भएकाले गुणस्तरहीन वस्तु उत्पादन र विक्री गर्न नहुने बताए ।
उद्योग व्यवसायीहरूले आफनाे ब्रान्ड नबिग्रन अग्रह गदै उत्पादन गरिएका बस्तु गुणस्तर तथा अनिवार्य लेबलिङ गरि बिक्रीवितरण गर्नुपर्ने जाेड दिए ।
कार्यक्रममा उपभोक्ता हितसंरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली ,नवलपरासी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरिराज पाण्डे ,र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता लगायतले मन्तव्य राखेकाे घरेलु तथा साना उद्योग कार्यालय मनाेज चाैधरीले जानकारी दिए ।




