२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीको मदाने गाउँपालिकाको प्रथम कंकेदेउराली महोत्सव सुरु

गुल्मीको मदाने गाउँपालिकाको प्रथम कंकेदेउराली महोत्सव सुरु

गुल्मीको मदाने गाउँपालिकाको प्रथम कंकेदेउराली महोत्सव सुरु

गुल्मीको मदाने गाउँपालिकाको प्रथम कंकेदेउराली महोत्सव सुरु

गुल्मीको मदाने गाउँपालिकाको प्रथम कंकेदेउराली महोत्सव  सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • खिम खड्का  -गुल्मी ।गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ को कंकेदेउरालीमा आज बाट प्रथम कंकेदेउराली कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदैछ ।

    आज पुस ५ देखि ७ गतेसम्म संचालन हुने महोत्सव मदाने गाउँपालिकाको आयोजना र कंकेदेउराली पर्यटन पुर्वाधार विकास समिति सह आयोजकको रुपमा आयोजना गरिएको महोत्सव ‘घुम्न जाउँ यसपालि कन्केदेउराली’ अभियानका साथ पहिलोपटक आयोजना गरिएको हो ।

    उत्तर-दक्षिण जोड्ने ढोरपाटन सडक सङ्ग जोडिएको पर्यटकीय क्षेत्र कन्केदेउरालीलाइ पर्यटन बिकासमा टेवा पुराउने उदेश्यले महोत्सव आयोजना गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन । महोत्सवमा  भजनकृतन, विद्यालय स्तरको प्रतिभाको खोजी अभियान अन्तरगत मदाने तारा र केही कलाकारको प्रस्तुति रहने खडकाले जानकारी दिइन् ।

    मदाने गाउँपालिकामा उब्जने कोदो,मकै,सुन्तला,फापर लगायतका स्थानिय उत्पादन र कृषि उपजको महोत्सवमा प्रर्दशन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । आजबाट ३ दिनसम्म चल्ने यो महोत्सव पालिकाको करिव ३ लाख बजेटमा सम्पन्न हुने पन्थीले बताए ।  

    बिच भागबाट जाने सालझन्डी ढोरपाटन सडक र नजिकका पर्यटकीय क्षेत्र तथा कृषि र पशुपालन जोडेर समृद्धि प्राप्तिको लक्ष्य राखिएको पालिका अध्यक्ष महेन्द्र कुँवरले बताए । महोत्सवमा गुल्मी जिल्ला र पालिका भित्रका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुने मदाने गाउँपालिकाले बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij