२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोस्रो सिद्धार्थनगर २ नम्बर वडाकप क्रिकेटको उपाधि नव युवा दुर्गा क्लबलाई

दोस्रो सिद्धार्थनगर २ नम्बर वडाकप क्रिकेटको उपाधि नव युवा दुर्गा क्लबलाई

दोस्रो सिद्धार्थनगर २ नम्बर वडाकप क्रिकेटको उपाधि नव युवा दुर्गा क्लबलाई

दोस्रो सिद्धार्थनगर २ नम्बर वडाकप क्रिकेटको उपाधि नव युवा दुर्गा क्लबलाई

दोस्रो सिद्धार्थनगर २ नम्बर वडाकप क्रिकेटको उपाधि नव युवा दुर्गा क्लबलाई
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • भैरहवा । रुपन्देहीको सिद्धार्थनगर २ मा भएको वडा स्तरीय दोस्रो टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि नव युवा दुर्गा क्लबले जितेको छ  । 

    सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा भण्डीबजारलाई २ रनले पराजित गर्दैै विजेताको उपाधि जितेको हो । 

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबारको फाइनल खेलमा सुरुवाती व्याटिङ गरेको नवयुवा दुर्गाले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउदै १०७ रन जोडेको थियो । जसका लागि दिपचन्द शर्माले एकलै ८१ रनको योग्दान गरेपनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन । वलिङ तर्फ झण्डीबजारका अर्जुनले १ विकेट लिए । 

    १०८ रनको लक्ष्य पाएको भण्डीबाजारले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा १०६ रन मात्र जोड्न सकेको थियो, लक्ष्य पार गर्न नसकेपछि झण्डीबजार उपविजेता बन्न सक्यो । झण्डीबजारका लागि सुमित बासफोरले ३२, सन्देश शाक्यले २३ र अभय थापाले २२ रनको योग्दान गरे । बलिङ तर्फ राहुल गुप्ताले ३, सत्यदेव वनिया र बृजेश यादवले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याचबाट नवदुर्गाका दिपचन्द शर्मा घोसित भएको खेल संयोजक तथा वडासदस्य राजकुमार यादवले जानकारी दिए । 

    प्रतियोगिताको पहिलो खेलमा झण्डीबजार ८ विकेटले मेउडिहवालाई हराएको थियो । यस्तो दोस्रो खेलमा नव युवा ३२ रनले फुलपुरलाई हराएको थियो र तेस्रो खेल झण्डीबजारले ८ विकेटले मेउडिहवा राइजिङलाई हराएको खेल संयोजक यादवले जानकारी दिए । 

    यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी नवयुवाका राहुल गुप्ता, उत्कृष्ट व्याटर नवयुवाकै दिपचन्द शर्मा, उत्कृष्ट बलर झण्डीबजारका राहुल थापा भए ।  खेलका विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका ११ नं. वडाका अध्यक्ष दिलीप यादवले पुरस्कृत गरे । सो अवसरमा बोल्दै उनले प्रतिस्पर्धाका लागि मात्रै नभई खेल स्वास्थ्यका लागि अतिआवश्यक रहेको बताए, रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले नगरमा खेलको विकासका लागि स्थानीय स्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुदै आएकोे बताए । 

    विजयी खेलडीहरुलाई वडा नं. ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता मुत्तिलनाथ यादव, वडा नं. १० का अध्यक्ष सुर्जमन यादव, वडा नं. १२ का अध्यक्ष कुमार गुरुङ, वडा नं. ४ का का वा अध्यक्ष हरि केसी लगायतले पुरस्कृत गरेका थिए । स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै यस क्षेत्रको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिका वडा नं. २ का अध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । ५ टीमको सहभागीता रहेको प्रतियोगितामा जित सँगै विजेताले कर सहित २५ हजार  र उपविजेताले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij