२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पशुपति सेरामिक्स को एटिएस टायलबारे रुपन्देही,कपिलवस्तु र नवलपरासीका निर्माणकर्मीलाई अभिमुखिकरण

पशुपति सेरामिक्स को एटिएस टायलबारे रुपन्देही,कपिलवस्तु र नवलपरासीका निर्माणकर्मीलाई अभिमुखिकरण

२० वर्ष ग्यारेन्टीसहितको टिकाउ र गुणस्तर,सुन्दरता र सेवामा निरन्तरता तीनवटा विशेषताले एटिएस टायलले छोटो समयमै उपभोक्ताको मन जितेर रोजाइमा परेको कम्पनीको दावी छ ।

पशुपति सेरामिक्स को एटिएस टायलबारे रुपन्देही,कपिलवस्तु र नवलपरासीका निर्माणकर्मीलाई अभिमुखिकरण

पशुपति सेरामिक्स को एटिएस टायलबारे रुपन्देही,कपिलवस्तु र नवलपरासीका निर्माणकर्मीलाई अभिमुखिकरण

२० वर्ष ग्यारेन्टीसहितको टिकाउ र गुणस्तर,सुन्दरता र सेवामा निरन्तरता तीनवटा विशेषताले एटिएस टायलले छोटो समयमै उपभोक्ताको मन जितेर रोजाइमा परेको कम्पनीको दावी छ ।

पशुपति सेरामिक्स को  एटिएस टायलबारे रुपन्देही,कपिलवस्तु र नवलपरासीका निर्माणकर्मीलाई अभिमुखिकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१

  • बुटवल । पशुपति सेरामिक्स प्रा.लि.को उत्पादन एटिएस ब्राण्डको टायलबारे निर्माणकर्मीलाई जानकारी दिन अभिमुखीकरण भेला रुपन्देहीमा सम्पन्न भएको छ । कम्पनीले ६ सय बाई ६ सयको १० एमएम, ४ सय बाई ४ सयको ८ एम, ४ सय बाई ४ सयको एमएम,३ सय बाई ४५० को ८ एमएम, सेमि भेटरीफाइड टायल र टायल एडिसिब उत्पादन गरिरहेको छ ।  
    कार्यक्रममा रुपन्देही,नवलपरासी र कपिलवस्तुका करिब २ सय जना टायल मार्बलको काम गर्ने निर्माणकर्मीहरु सहभागी थिए । 
    अभिमुखिकरणमा पशुपति सेरामिक्स प्रा.लि.का सञ्चालक सरोज रौनियार, मार्केटिङ म्यानेजर सनी निमावत, एटिएस टायलको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अधिकृत विक्रेता मातृभूमि ट्रडर्सका सञ्चालक राजेन्द्र ढकालले  बोल्दै २० वर्ष ग्यारेन्टीसहितको टिकाउ र गुणस्तर,सुन्दरता र सेवामा निरन्तरता तीनवटा विशेषताले एटिएस टायलले छोटो समयमै उपभोक्ताको मन जितेको बताए । नेपालमा अहिलेसम्म २० वर्ष ग्यारेन्टी दिने टायल एटिएस मात्र भएकाले टायल बजारमा अग्रणी हुने उनीहरुको भनाई थियो । भारतको गुजरातमा चार वटा टायल उद्योगको सफल सञ्चालन गरिरहेको समूहले पुर्वी नेपालको बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजमा नेपाली साझेदारसहित टायल उद्योग सञ्चालनमा ल्याएको हो । 
    कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनीका जेपी कंडेल,तिलोत्तमा उद्योग बाणिज्य संघका सुरज पंगेनी लगायतले बोल्दै स्वदेशी टायल प्रयोग गर्न घरधनी र निर्माणकर्मीलाई आग्रह गरे । स्वदेशी टायलको खपतले आयात प्रतिस्थापन र ब्यापार घाटा कम गर्न टेवा पुग्ने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनीहरुले बताए । 
    पशुपति सेरामिक्स विशेष आर्थिक क्षेत्र (सेज) बाट टायल उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो । करीव ५ हजार वर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित अत्याधुनिक प्रविधियुक्त कारखाना नेपालमै टायल उत्पादन गर्ने पहिलो बहुराष्ट्रिय ज्वाईन्ट भेन्चर पनि हो । कम्पनीले करीब २२० जनालाई प्रत्यक्ष एवम् २५सय जनालाई अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरि रहेको छ । एटिएस टायल नेपालमा मात्र नभई छिमेकी देश भारत सहितमा  अन्तर्राष्ट्रिय बजारमा  पनि विक्री वितरण आरम्भ गरेको मार्केटिङ म्यानेजर सनी निमावतले बताए । छाटो अवधिमा एटिएस टायलले बजारबाट सकारात्मक प्रतिक्रिया पाएकोमा कम्पनी उत्साहित भएको प्रा.लि.का सञ्चालक सरोज रौनियारले बताए । 
    भविष्यमा कम्पनीले ६ सय बाई १२ सय जिबिटी र पिजिभिटी टायल र एटिएस ब्राण्डका धारा पनि उत्पादन गर्ने लक्ष्य राखेको सञ्चालक रौनियारले बताए । 
    सबै प्रकार र आकारका टायल उत्पादनका लागि स्पेन, इटनी, चीन र भारतबाट मेशिनहरु आयात गरी करीब २ अर्बको लगानीमा स्थापित कम्पनीको दैनिक १५०० वर्ग मिटर उत्पादन क्षमता छ भने नेपाली बजारको करीब ४० प्रतिशतको हिस्सा ओगट्ने लक्ष्य लिएको  छ । 
    ‘हामीले नेपाली उपभोक्तालाई नेपालमै उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डका शतप्रतिशत वाटरप्रुफ टायल सस्तो र सुलभ मूल्यमा पाउन गर्न सहज गराउंछौं र वार्षिक रुपमा नेपालबाट बाहिरिएको करीब २० अर्व रुपैया देश भित्र नै रहने,विदेशमा निर्यात हुँदा राष्ट्रको विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छौं’–रौनियारले भने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij