२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बैंकरोडका अधिकांस पसलमा पानी पस्यो

बैंकरोडका अधिकांस पसलमा पानी पस्यो

बैंकरोडका अधिकांस पसलमा पानी पस्यो

बैंकरोडका अधिकांस पसलमा पानी पस्यो

बैंकरोडका अधिकांस पसलमा पानी पस्यो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • भैरहवा । आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांस पसलहरुमा पानी पसेको छ । केही समय मात्रै भएको भार्ी वर्षाले बैकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएकोे हो ।

    पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ । घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्य को समस्या खेप्दै आएका छन ।

    भैरहवाको मुख्य बजार बैकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेकोे छ ।

    नगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij