२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घरदैलो सहकारीकाे १२ औं साधारणसभा सम्पन्न

घरदैलो सहकारीकाे १२ औं साधारणसभा सम्पन्न

घरदैलो सहकारीकाे १२ औं साधारणसभा सम्पन्न

घरदैलो सहकारीकाे १२ औं साधारणसभा सम्पन्न

घरदैलो सहकारीकाे १२ औं साधारणसभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बुटवल । तिलोत्तमा नगरपालिका ४ मा रहेको घरदैलो बचत तथा ऋण सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार एक कार्यक्रमका बिच सहकारीले साधारणसभा सम्पन्न गरेको हो। 


    साधारणसभामा बोल्दै तिलोत्तमाको आर्थिक बिकास शाखा अधिकृत कृष्ण प्रसाद पाण्डेले सहकारी स्थापनाको १२ औ वर्ष मनाउनु नै उपलब्धि भएको बताउदै सहकारीहरु समस्यामा रहेको अवस्थामा पनि यस सहकारीमा समस्या नदेखिएको बताए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका  उनले सहकारी बलियो बनाउनको लागि शेयर सदस्यहरुको निकै ठूलो हात रहेको बताउदै सहकारीको आर्थिक एवं बित्तिय अवस्थामा ध्यान दिन आग्रह गरे। 


    सहकारीका अध्यक्ष बाबुराम गौतमले सहकारी अहिलेको अवस्थासम्म आउँदा बलियो रहेको बताउदै स्थानीय क्षेत्रबाट सञ्चालन गरिएको सहकारीमा समस्या नरहेको दाबी गरे। उनले आफ्नो कार्यकालमा शेयर पूजी र शेयर सदस्य वृद्धि गर्ने, शेयर सदस्यहरुको दुर्घटना बिमा, सिपमुलक तालिम लगायतका योजना राखिएको उल्लेख गरे। 

    साधारणसभामा जुनतारा सहकारीका अध्यक्ष यम प्रसाद पोखरेल, यसै सहकारीका सचिव सन्तोष पौडेल ,सहकारी ब्यवस्थापक सान्ता गौतम लगायतले बोलेका थिए

    साधारणसभामा अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिती सम्योजक विजय गौतमले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष कुलबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगती प्रतिवेदन छलफल सहित पारित गरेको छ। 

    सो अवसरमा उत्कृष्ट बचतकर्ता तथा ऋणि र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ नागरिक र सहकारीलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो। 

    २०६९ सालमा स्थापना भएको सहकारीमा ८ सय ५७ जना शेयर सदस्य रहेका छन। सहकारीको शेयर पुजि १ करोड १४ लाख ३६ हजार रहेको छ भने निच्छेप २ करोड ३६ लाख ११ हजार र कर्जा लगानी २ करोड ७७ लाख ४ हजार रहेको छ। 
    सहकारी तिलोत्तमा भित्रका केहि वडाहरु कार्यक्षेत्र रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij