२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्थानीय पाठ्यक्रम अनिवार्य लागु हुनुपर्छ

स्थानीय पाठ्यक्रम अनिवार्य लागु हुनुपर्छ

स्थानीय पाठ्यक्रम अनिवार्य लागु हुनुपर्छ

स्थानीय पाठ्यक्रम अनिवार्य लागु हुनुपर्छ

स्थानीय पाठ्यक्रम अनिवार्य लागु हुनुपर्छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बालबालिकालाई स्थानीय इतिहास, संस्कृति, भूगोल, सम्पदालगायतका विषयमा जानकारी दिन सरकारले विद्यालय तहमा स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठनको व्यवस्था मिलाएको छ । मुलुकमा संघीय शासन प्रणाली स्थापना भएपछि स्थानीय सरकारलाई स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न जिम्मेवारी भए पनि कार्यान्वयन हुन नसक्दा लक्षित उद्देश्य हासिल हुन सकेको छैन् ।


    कतिपय पालिकाले पाठ्यक्रम तयार गरेकै छैनन् । कतिपयले तयार गरेका छन्, लागु गर्न सकेका छैनन् । पाठ्यक्रम तयार नगरेका कतिपय पालिका स्थानीय पाठ्यक्रमको महत्वका बारेमा गम्भीर भएको पाइदैन् । स्थानीय पाठ्यक्रम लागु गर्नुको उद्देश्यलाई हेक्का नराखी अघि बढ्नु स्थानीय तहको खेलाँची हो । पाठ्यक्रम राख्न ठिक कि बेठिक भन्ने निष्कर्ष प्रयोग भएपछि निकाल्न सकिन्छ । पाठ्यक्रम लागु नै नगर्नु कमजोरी हो । पाठ्यक्रम तयार नगरेका स्थानीय तहको सूची तयार गरी तत्काल पाठ्यक्रम तयार गर्न र लागु गराउन संघीय सरकारको शिक्षा मन्त्रालयअन्तर्गतको विषयगत कार्यालय सक्रिय हुनुपर्छ । जे–जति स्थानीय तहले पाठ्यक्रम तयार गरी लागु गरेका छन्, ती स्थानीय तहको पाठ्यक्रममा समयानुकुल सुधार गरी गुणस्तरीय पाठ्यक्रम तयार गर्न ध्यान दिनुपर्छ ।


    पाठ्यक्रम तयार भयो तर गुणस्तरीय भएन भन्ने प्रश्न उठेको छ । पाठ्यक्रम तयार गर्दा विज्ञ समूह बनाउँदा विषयगत प्रतिनिधित्व गर्ने विज्ञहरु सहभागी गराउँदा पाठ्यक्रम ओजिलो तयार हुन्छ । इतिहास, संस्कृति, भूगोल, जनजीवन, कला संस्कृतिका विषयका बारेमा सम्बन्धित विज्ञले तयार गर्ने र ती सामग्रीलाई भाषा र पाठ्यक्रम विज्ञले सम्पादन गरी अन्तिम रुप दिंदा मात्रै ओजिलो बन्ने हो । पाठ्यक्रम विज्ञ समूहमा एउटै प्रकृति र विषयसँग सम्बन्धित व्यक्ति राखेर राम्रो पाठ्यक्रम तयार हुन सक्तैन् ।
    स्थानीय तहले स्थानीय पाठ्यक्रममा समावेश भएका विषयबस्तु र पाठ्य सामग्रीको अंकभार बीच तारतम्य नमिलेको टिप्पणी भएका बेला जिल्लाभित्रका स्थानीय तह मिलेर स्थानीय पाठ्य सामग्री बनाउन सक्दा अंकभार र पाठ्यसामग्रीबीचको तारतम्य मिल्न सक्छ । पाठ्यसामग्री तयार गर्दा विषयवस्तु समावेश एउटा पाटो हो, विषयवस्तुको प्रस्तुति पनि महत्वपूर्ण हुन्छ । अहिले नमिलेको विषयवस्तु र प्रस्तुतिमा हो । 


    संघीय शासन प्रणाली स्थापना भएपछि स्थानीय तहमा राजनैतिक नेतृत्व स्थापित भएको सात वर्ष बितिसकेको छ । राजनैतिक नेतृत्वले पहिलो पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालको मध्यतिर आइपुगेकोले पाठ्यक्रमको विषयवस्तु र प्रस्तुतिलगायत समग्र पक्षको मूल्याङ्कन गर्ने र परिमार्जन गर्ने सही समय आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij