२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाटेबाघ मार्ने उद्योगमा नवलपुरका २० वर्षीय युवक पक्राउ

पाटेबाघ मार्ने उद्योगमा नवलपुरका २० वर्षीय युवक पक्राउ

पाटेबाघ मार्ने उद्योगमा नवलपुरका २० वर्षीय युवक पक्राउ

पाटेबाघ मार्ने उद्योगमा नवलपुरका २० वर्षीय युवक पक्राउ

पाटेबाघ मार्ने उद्योगमा नवलपुरका २० वर्षीय युवक पक्राउ
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • नवलपुर । नवलपुरमा पाटे बाघ मारेकाे अभियाेगमा १ जना पक्राउ परेका छन् । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ ।


    पक्राउ पर्नेमा नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी  अविनाश थापा मगरले जानकारी दिए ।

    विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौं अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै न्यौपानेलाई पक्राउ गरिएको मगरले बताए ।

    गत कार्तिक २ गते सोही स्थानका जितबहादुर थिङ बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । थिङ मृत फेला परेको स्थानमा अनुसन्धान गर्दै जाँदा पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको मगरले बताए । अनुसन्धानकै आधारमा निकुञ्ज र नेपाली सेनाको टोलिले न्यौपानेलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको थियो ।

    न्यौपानेबाट बरामद मोबाईलमा समेत पासोमा परेको बाघको तस्बिर फेला परेको र उक्त तस्बिर न्यौपानेले नै खिचेको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको पत्रकार सम्मेलनमा सूचना अधिकारी मगरले जानकारी दिए ।

     बाघलाई पासो थापिएको स्थानबाट बरामद तारमा अल्झिएको रौँ पाटे बाघको नै रहेको र पक्राउ परेका न्यौपानेले पासोमा बाघ परे पछि आफुले रुखमा चढेर बाघको तस्बिर खिचेको बयानमा स्विकार गरेका मगरले जानकारी दिए । उक्त रौँलाई नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा परिक्षणका लागि पठाईएकोमा डिएन नतिजा अनुसार बाघकै भएको पुष्टि भएको मगरले बताए ।

    पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij