२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अब्बल महिला नेतृत्व

अब्बल महिला नेतृत्व

अब्बल महिला नेतृत्व

अब्बल महिला नेतृत्व

अब्बल महिला नेतृत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  •  

    चुलोचौकोमा सिमित नेपाली महिला अवसर पाए नेतृत्वमा अब्बल देखिएका छन् । संविधान जारी भएपछि महिलालाई हरेक क्षेत्रमा सहभागिता सुनिश्चित गरेपछि महिला नेतृत्व विकास भएको छ । महिला नेतृत्व विकाससगैं त्यसले समाजमा सकारात्मक परिवर्तन देखा परेका छन् ।

    नवलपरासी बर्दघाट सुस्ता पश्चिममा ६५ सामुदायिक वन मध्ये तीन सामुदायिक वनमा महिलाले नेतृत्व गरेका छन् । कुल सामुदायिक वन मध्ये तीन सामुदायिक वनको नेतृत्व हुनु न्युन हो तर नेतृत्व गरेका सामुदायिक वनको संख्या न्युन भएपनि महिलाले नेतृत्व गरेका वन अब्बल हुनु सुखद संकेत हो । पुरुषले नेतृत्व गर्दा उत्पन्न विवादित बनेका सामुदायिक वनमा अहिले विवादको छिनोफानो भएको छ । ती वनमा सुशासन पनि अब्बल हुनुले महिला इमान्दार र जवाफदेही छन् भन्ने हो । नवलपरासी—१२ मा रहेको बुद्धमंगल महिला सामुदायिक वन, सुनवल—७ मा रहेको ज्यामिरे सामुदायिक वन र सुस्ता—२ मा रहेको मदारबाबा सामुदायिक वनमा महिलाले नै नेतृत्व गरेर वन संरक्षणमा अब्बल हुनु नेपाली समाजमा महिला नेतृत्व निर्माणको जग राम्रो बन्दै गरेको देखिन्छ ।

    मदारबाबा सामुदायिक वन पहिले विवादमा जेलिएको थियो । गण्डकी र लुम्बिनी प्रदेशको सीमा क्षेत्रमा पर्ने यो वनमा नदीजन्य पदार्थको दोहनले पनि विवाद बढाएको थियो । जब यो सामुदायिक वनमा कुन्ती मुखियाले नेतृत्व गरिन्, सीमा सम्बन्धी विवाद मिल्यो,ढुंगागिट्टी मनपरी निकासी पनि रोकियो । समुदायले नेतृत्वप्रति अपनत्वबोध गरेका छन् । ज्यामिरे सामुदायिक वनमा महिला नेतृत्वमा आएपछि खिसीटयुरी गर्नेहरु अहिले प्रशंसा गर्न थालेका छन् । वन हेरालु पनि महिला नै छन् । वनमा चोरी निकासी रोक्न महिलाले सक्तैनन्, पुरुष चाहिन्छ भन्नेहरु अहिले गलत सावित भएका छन् । महिलाको नेतृत्व अब्बल भएपछि लैंगिक समावेशीकरणलाई सबल बनाउन अझै बल पुगेको छ ।


    राज्यका सबै निकायमा महिला सहभागिता सुनिश्चित गर्न संवैधानिक प्रबन्ध छ । राज्यको नीति निर्माण तहमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको छ । निजामति, प्रहरी लगायत क्षेत्रमा पनि आरक्षणको व्यवस्थाले महिला नेतृत्व विकासमा बल पुगेको छ । स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख मध्ये एक महिला हुनुपर्ने र वडा वडाध्यक्ष सहित निर्वाचित पाँच जनप्रतिनिधि मध्ये एक दलित महिला सहित दुई महिला अनिवार्य व्यवस्थाले तलदेखि नै महिला नेतृत्व विकास हुँदै महिला नेतृत्वको जग बलियो बनेको छ ।

    सामुदायिक वन उपभोक्ता समुहमा पहिले देखि नै ५० प्रतिशत महिला अनिवार्य व्यवस्था थियो । अध्यक्ष धेरै सामुदायिक वनमा पुरुष भएपनि अरु पदमा महिलाले कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आएका छन् ।
    समाजमा लैंगिक असमानतालाई न्युनिकरण गर्न अझै व्यवहारिक प्रयोगमा सकारात्मक बन्न प्रेरित आवश्यक छ । नवलपरासी पश्चिमका महिलाले नेतृत्व गरेका सामुदायिक वनको अब्बल कामले महिला नेतृत्वलाई स्विकार र स्थापित गर्न प्रेरणा दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij