२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

व्यवसायीको आशंका :   सरकार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी चलाउन चाहन्न

व्यवसायीको आशंका :   सरकार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी चलाउन चाहन्न

पर्यटन मन्त्री बद्री पाण्डे भैरहवामै आएर नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा शंका नगर्न आश्वासन दिएर गएपनि नभएको, रुपन्देहीकै अर्थमन्त्री विष्णु पौडेलले पनि देखिने गरी ठोस पहल नगरेको व्यवसायीको गुनासो छ।

व्यवसायीको आशंका :   सरकार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी चलाउन चाहन्न

व्यवसायीको आशंका :   सरकार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी चलाउन चाहन्न

पर्यटन मन्त्री बद्री पाण्डे भैरहवामै आएर नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा शंका नगर्न आश्वासन दिएर गएपनि नभएको, रुपन्देहीकै अर्थमन्त्री विष्णु पौडेलले पनि देखिने गरी ठोस पहल नगरेको व्यवसायीको गुनासो छ।

व्यवसायीको आशंका :   सरकार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी चलाउन चाहन्न
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • बटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंसिर पहिलो साता एक नेपाली र ४ विदेशी एअरलाइन्सले अन्तराष्ट्रिय उडान शुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायी र नीजि क्षेत्र उत्साहित भए । उद्‌घाटनको साढे दुई वर्षसम्म ठप्प प्रायः विमानस्थलबाट एकसाथ कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा र नेपाल एयरलाइन्सले नियमित अन्तराष्ट्रिय उडान शुरु गरेपछि व्यवसायी उत्साहित नहुने कुरै भएन । तर उनीहरुको उत्साह एक महिना पनि टिकेन । 


    एक महिना नबित्दै विदेशी ४ वटै एअरलाइन्सले भिजिबिलिटीको समस्या र कतिपयले यात्रु अभावको कारण देखाउंदै उडान रोकेका छन् ।  अहिले नेपाल एअरलाइन्सले मात्रै साताको तीनवटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । अब जजिराले फेब्रुअरी १बाट, थाई एअर एशियाले २६ डिसेम्बरबाट,फ्‌लाई दुबईले १३ जनवरीबाट उडान गर्ने भनेका छन् । विगतमा जस्तै यसपटक पनि विश्वस्त हुनसक्ने अवस्था नभएको व्यवसायीको आशंका छ ।  कतार एअरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यस यता उडान गर्ने टुंगो छैन । 

    जहाजलाई उडान गर्न १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्छ । जाडो महिनामा हुस्सु लाग्दा भिजिबिलिटी कम हुन्छ । १ हजारभन्दा पनि कम भिजिबिलिटीमा पनि उडान गर्न ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) विमानस्थलमा जडान छ । तर, ‘एयर स्पेस इस्यु’ का कारण भारतीय पक्षले नमान्दा त्यो सञ्चालन हुन सकेको छैन ।

    सरकारले बाहिर भिजिबिलिटीको कारण देखाएपनि खासमा भैरहवा विमानस्थल राम्रोसंग चल्दा काठमाडौंको व्यवसायमा असर पर्ने भएकाले काठमाडौंका ठूला व्यवसायीको दवाव र प्रभावमा सरकारले नै विमानस्थल चलाउन नचाहेको आशंका स्थानीय व्यवसायीले गरेका छन् । विमानस्थल राम्ररी चल्न अत्यावश्यक श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, म्यानपावर कम्पनीका शाखा, एअरलाइन्स कम्पनीका सम्पर्क कार्यालय भैरहवामा नहुंदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यताले यात्रु अभावको बहाना बनाउन एअरलाइन्स कम्पनीलाई सजिलो भएको व्यवसायीको तर्क छ । दोस्रो वा तेस्रोपटकको श्रम स्वीकृति नवीकरण अनलाइनबाट हुने भए पनि पहिलो पटकको श्रम स्वीकृतिका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।

    ‘भिजिबिलिटीको समस्या बाक्लो हुस्सु लाग्दा बिहान मात्र हो, दिउसोमा त मौसम सफा नै छ,उडानको समय (सेड्‌युल)  परिवर्तन गर्न सकिन्छ’-सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ भन्छन्‌-‘सरकारले केही दिन पांच वटा एअरलाइन्सका जहाज चलाएर भुलभुलैयामा पार्‍यो उता त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्ने भनेकोमा ६ घण्टामा झारियो, मर्मतका लागि ६ महिना लाग्ने भनिएकोमा एक महिनामै ५० प्रतिशत काम सकिनुले गौतमबुद्ध विमानस्थल दीगोरुपमा चलाउन सरकारले नै चाहेको छैन कि भन्ने आशंका बढेको छ ।’  

    श्रम स्वीकृति, मेडिकल, विद्यार्थीको नो अब्जेक्सन सर्टिफिकेट लेटर जस्ता कामका लागि काठमाडौं नै जानुपरेपछि विदेश जाने यात्रुहरु काठमाडौंबाटै जहाज चढ्‌ने भएकाले गौतमबुद्ध विमानस्थल चलाउन सम्बन्धित सबै कार्यालय अविलम्ब भैरहवामा स्थापना गर्नुपर्ने श्रेष्ठको माग छ । 

    पर्यटन मन्त्री बद्री पाण्डे भैरहवामै आएर नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा शंका नगर्न आश्वासन दिएर गएपनि नभएको, रुपन्देहीकै अर्थमन्त्री विष्णु पौडेलले पनि देखिने गरी ठोस पहल गरेको नपाइएको अध्यक्ष श्रेष्ठले गुनासो गरे । ‘सरकारले एअरलाइन्सहरुलाई उडान तालिकाको मिति होइन, समय मात्र परिवर्तन गर्न लगाउनुपथ्र्यो,अर्थमन्त्रीले पनि सार्थक हस्तक्षेप गर्नसक्नुपथ्र्यो’-श्रेष्ठले भने-‘काठमाडौंका होटेल र ठूला ट्राभल एजेन्सीको दवाव र प्रभावमा सरकार परेको प्रष्ट देखिन्छ, हामी निर्णायक आन्दोलनको तयारीमा छौं ।’  


    हवाई नीति परिवर्तन गर्नुपर्छ
    ‘भिजिबिलिटी’को समस्या समाधान गर्न समयमै आइएलएस प्रविधिको विकल्पमा अर्को प्रविधि जडान नगर्नु र आवश्यक सरकारी कार्यालयहरुभैरहवामा स्थापना नहंदा यात्रु अभाव हुने भएकाले विदेशी एअरलाइन्सले उडान रोकेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्‌स (नाट्टा)-लुम्बिनी अध्यक्ष चन्द्र थापाले बताए । 

    भैरहवा विमानस्थलबाट चढ्‌ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेकाले टिकट काट्‌न नपाएको थापाले गुनासो गरे । एअरलाइन्स कम्पनीहरुले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्‌न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै विक्रि गरेको थापाले गुनासो गरे । ‘काठमाडौंका ट्राभल एजेन्सीले एयरलाइन्ससँग सेटिङमा टिकट बेच्ने गरेका छन्‌’ थापाले गुनासो गरे- ‘पहिले सजिलै टिकट काट्‌दै आएकोमा अहिले विमानस्थल चलेपछि टिकट काट्‌न नै पाइएको छैन,यहांबाट काट्‌दा महंगो पर्ने बनाइएको छ।’

    दुबईबाट काठमाडौं अवतरण गर्ने टिकटको दर भन्दा भैरहवा अवतरण गर्ने टिकट दर धेरै महंगो पर्ने बनाइएकाले त्यो टिकट दरको अन्तर घटाउनुपर्ने थापाले माग गरे । 

    टिकट विक्रिको सिण्डिकेट अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीसंग पटक पटक आग्रह गरेपनि सुनुवाई नभएकाले कतै गौतमबुद्ध विमानस्थल चल्न नदिन केन्द्रदेखि प्रदेश सरकारकै मिलेमतो छ कि भन्ने शंका लागेको थापाले गुनासो गरे । 

    पर्यटन व्यवसायी सञ्जय बजिमय भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने,अनलाइन ई भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने बताउँछन् ।टिकट बिक्रीमा भइरहेको कार्टेलिङ अहिलेकै अवस्थामा रहे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगोरूपमा सञ्चालन हुनेमा शंकैशंका रहेको बजिमयले बताए ।

    ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने बताए ।एक महिना भएका उडानमध्ये थाई एयर एसिया र जजिराले मात्र आफ्नो देशबाट भैरहवामा सिधा उडान गरेको र अरूले ट्रान्जिटमात्र बनाएकाले त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

    ‘विमानस्थल दिगो सञ्चालन गर्न लुम्बिनीमा बौद्धमार्गी बाहुल्य देश चीन, भियतनाम, म्यानमार, श्रीलंका, भुटान, जापान लगायतबाट सरकारले सिधा उडानको उच्चस्तरीय पहल गर्नुपर्छ’- उनको सुझाव छ ।


    ‘आरएनपी एआर’ प्रविधि लागु हुंदैछ’

    भैरहवा विमानस्थलका प्रवक्तादीपक कुमार बज्राचार्यले भिजिबिलिटी समस्या समाधान गर्न आईएलएसको विकल्पमा ‘आरएनपी एआर’ प्रविधि लागु गर्न ४२ दिने सूचना प्रकाशित गरिसकिएको बताए ।‘आरएनपी एआर प्रविधि आइसकेको छ,४२ दिने सूचना पनि प्रकाशित गरिसकेका छौं, सबै प्रकृया पूरा गरेर कार्यान्वयनमा आउन केही समय त लाग्छ नै’-बज्राचार्यले भने-‘प्राविधिक विषय भएकाले ठ्‌याक्कै यही मितिबाट शुरु हुन्छ भन्न सकिन्न ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij