२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट

मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको छ ।

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट

मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको छ ।

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • बुटवल । बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको टिकटले लुम्बिनी केबलकारको टिकटमा २५० रुपैयां छुट दिएको छ ।
    मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला आयोजक बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी केबलकार लि.बीच सम्झौता भइसकेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । 
    मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । कम्पनीले आन्तरिक र वाह्य पर्यटकलाई विभिन्न अवसरमा टिकट दरमा छुट दिने नीति अनुसार बुटवलको औद्योगिक ब्यापार मेलाका दर्शकलाई पनि सहुलियत दिने उद्देश्य अनुसार यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । 
    समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको केबलकारको टप स्टेशन बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको केन्द्र बन्न पुगेको छ । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ ।

    यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् । माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ ( पिङ ) लगायत पूर्वाधार बनेका छन् । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।

    केबलकारले औद्योगिक ब्यापार मेलामा पनि स्टल राखेको छ । त्यहांबाट पनि केबलकारको टिकट लिन सकिने कम्पनीले जनाएको छ । 
    पुस ३ गतेदेखि १८ गतेसम्म १६ दिन सञ्चालन हुने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने  आयोजकको अपेक्षा छ ।
    दुई संस्थाबीचको सहमतिले महोत्सव अवलोकन गर्ने दर्शक केबलकार चढ्न चाहेमा सहुलियत भई लाभान्वित हुने संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij