२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धबाबा सुरुङमार्गको बाइपास सुरुङ ब्रेक थ्रु, मुख्य टनेल ६६ मिटर बाँकी

सिद्धबाबा सुरुङमार्गको बाइपास सुरुङ ब्रेक थ्रु, मुख्य टनेल ६६ मिटर बाँकी

सिद्धबाबा सुरुङमार्गको बाइपास सुरुङ ब्रेक थ्रु, मुख्य टनेल ६६ मिटर बाँकी

सिद्धबाबा सुरुङमार्गको बाइपास सुरुङ ब्रेक थ्रु, मुख्य टनेल ६६ मिटर बाँकी

सिद्धबाबा सुरुङमार्गको बाइपास सुरुङ ब्रेक थ्रु, मुख्य टनेल ६६ मिटर बाँकी
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • बुटवल । रुपन्देही र पाल्पालाई जोड्ने गरी निर्माण भइरहेको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्गका बाइपास सुरुङहरू ब्रेक थ्रु भएका छन् । 

    तीनवटा बाइपास सुरुङमध्ये तेस्रो सुरुङ ब्रेक थ्रु भएसँगै तीनवटै बाइपास सुरुङ तयार भएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । पहिलो बाइपास सुरुङ २६ भदौमा भएको थियो भने दोस्रो बाइपास ४ असोज र तेस्रो बाइपास ७ पुसमा ब्रेक थ्रु भएसँगै बाइपास सुरुङ तयार भएका हुन् । 

    मुख्य टनेल अब ६६ मिटर मात्रै खन्न बाँकी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उनले अहिलेसम्म १ हजार २३ मिटर सुरुङ खनिएको जानकारी दिइन् । उनले यही रफ्तारमा काम भएमा २० पुससम्म मुख्य टनेल ब्रेक थ्रु हुने उनले जानकारी दिइन् । 

    पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन समय लागेको थियो । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी रहेको ज्ञवालीले बताइन् ।

    दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभानमा सुरुङ मार्ग बनिरहरेको छ । यो सुरुङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको हो ।

    सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजना अघि बढेको थियो । यस खण्डको ४ किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।


    चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा सुरुङमार्गको ठेक्का लिएको छ । अहिले दैनिक डेढ सयदेखि २ सय जना कामदारले काम गरिरहेको आयोजनाले जनाएको छ । सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ ।

    सुरुङमार्गभन्दा दक्षिणतर्फको सडकलाई सुरक्षित बनाउन रक सेड र सडकको डिजाइनको कामसमेत अब अघि बढाइने योजना प्रमुख कृष्णराज अधिकारीले बताए । त्यसका लागि पनि डिजाइन फाइनल भइसकेको उनले बताए ।

    सिद्धबाबा क्षेत्रको बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा १ हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।

    योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन सुरु गरिनेछ । सिद्धबाबा सुरुङमार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङमार्ग १३ चैत २०८३ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ईपीसी मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।

    आयोजनाअन्तर्गत २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति हुनेछ । ७ सय ८० मिटरमा रकसेड, १ सय ५५ मिटर, १ सय ४५ मिटर र १ सय ३१ मिटर गरी ४ सय ३१ मिटरका तीनवटा बाइपास सुरुङसमेत निर्माण हुनेछन् । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij