बुटवल । बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औधोगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले प्रायोजन गरेका छन् ।
मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण रहेको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ संरक्षक रहेको औधोगिक व्यापार मेला बुटवल-२०८१ मा एशियन थाई फुड्स प्रा.लि.ले मुख्य प्रायोजक र राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सहप्रायोजकको रुपमा सहयोग गरेको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताए ।
त्यस्तै तिलोत्तमा नगरपालिकाले व्यूटी फेयर कार्यक्रम प्रायोजन गरेको छ । एशोदा फुड्स प्रा.लिले टिकट प्रायोजक गरेको छ भने ग्लोबल आई.एम.ई.बैंक लिमिटेड, नबिल बैंक लिमिटड, सिद्धार्थ बैंक लि. र लुम्बिनी केबल कार ले ब्यानर सौजन्य गरेको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाइले जानकारी दिए ।
मेलामा जेनस मोर्टस प्रा.लि मुख्य सास्कृतिक कार्यक्रम प्रायोजन गरेकोछ भने डर्मा स्र्टोस नेपाल प्रा.लि ले सास्कृतिक कार्यक्रम इभेन्ट प्रायोजन गरेको सांस्कृतिक उपसमिति संयोजक निर्मित कसजुले बताए । दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि मुख्य प्रबेशद्वार सौजन्य गरेको छ भने सिजि फुड्स (नेपाल) लि.ले बौद्ध स्तुपा सौजन्य गरेको छ ।
त्यस्तै करियर प्लानिङ्ग एजुकेशन नेटवर्क प्रा.लि. इभेन्ट प्रायोजक रहेको मेलाको बैकिङ्ग पार्टनरमा साइन रेसुङ्गा डेभल्पमेण्ट बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड रहेका छन भने कृषि बिकास बैंक लिमिटेड र एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रा.लि प्रवद्र्धकको रुपमा रहेर सहयोग गरेको बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले जानकारी दिए ।
मेलामा अरिहन्त इन्फ्रास्टक्चर लिमिटेडले भ्वाइस अफ बुटवलको प्रायोजन गरेको छ भने साईकृपा चिया प्याकेजिङ्ग उद्योग र नेपाल सेरामिक इण्डष्ट्रिज प्रा.लि पेभिलियन सौजन्य, सिद्धि बिनायक गु्रपअफ इण्डष्ट्रिज रेष्टुरेन्ट पेभिलियन तथा टिकटक प्रायोजन गरेका छन् ।




