२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेशसभालाई गतिशील बनाऊ

प्रदेशसभालाई गतिशील बनाऊ

प्रदेशसभालाई गतिशील बनाऊ

प्रदेशसभालाई गतिशील बनाऊ

प्रदेशसभालाई गतिशील बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • प्रदेशसभा कानुन बनाउने थलो हो । प्रदेशसभाको काम प्रभावकारी बनाउन सरकारले प्रदेशसभालाई काम दिनुपर्छ । प्रदेश सरकारलाई चाहिने कानुनका लागि विधेयक मस्यौदा गरी उपलब्ध नहुँदा प्रदेशसभाको काम निष्प्रभावी  भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको दुई वर्ष बितेको छ । यो अवधिमा बसेको प्रदेशसभाको बैठकमा सरकारले आवश्यक काम दिन नसकेको विषय चर्को ढंगले उठिरहेको छ ।  कानुनको मस्यौदा उपलब्ध गराउन सक्दा नै प्रदेशसभालाई गतिशिल बनाउन सकिन्छ भन्ने बारेमा सरकारको चासो नजानु संघीय शासन प्रणालीको मर्मलाई नबुझ्नु हो ।


    प्रदेश सरकार आफू हिंड्ने बाटो आफँै निर्माण गर्दै अघि बढेको हो । २०७४ सालमा प्रदेश सरकार गठन हुँदा कुनै कानुन बनेका थिएनन् । संघीय सरकारले बनाइदिनुपर्ने कतिपय कानुन नबनाइदिँदा प्रदेश सरकारले शून्यबाट काम थालेको थियो । शून्यबाट काम थालेको प्रदेश सरकारले पहिलो कार्यकालमा ७२ वटा कानुन बनाएको थियो । 


    कानुन निर्माणका दृष्टिले हेर्दा पहिलो कार्यकाललाई सन्तोषजनक मान्नुपर्छ । प्रदेशसभाले कानुन बनाउने कामका लागि सरकारले ‘विजनेश’ दिनुपर्छ । सरकारले बनाउनुपर्ने कानुनको लागि विधेयक तयार गरी प्रदेशसभामा टेबुल गर्नुपर्छ । पहिले सरकारले आवश्यक कानुनको सूची तयार गर्ने, ती आवश्यक कानुनको मस्यौदा विधेयक तयार गर्ने, त्यसपछि मन्त्रिपरिषद्बाट विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गर्छ । प्रदेशसभामा विधेयक दर्ता भएपछि विषयगत समितिमा छलफल हुन्छ । विषयगत समितिबाट विधेयक टुंगो लागेपछि प्रदेशसभामा छलफलका लागि पेश हुन्छ ।


     त्यसपछि सभामुखले निर्णयार्थ पेश गर्दछन् । प्रदेशसभाले पारित गरेको विधेयक प्रदेश प्रमुखले प्रमाणित गर्छन् । प्रमाणित कानुन राजपत्रमा सूचना निस्केपछि कार्यान्वयनमा जान्छ । कानुन निर्माणको यो प्रक्रियामा प्रदेशसभा र सरोकारवाला निकाय व्यस्त हुनुपर्ने हो किनभने प्रदेश सरकारलाई गतिशिल बनाउन विभिन्न कानुन बनाउनुपर्ने छ । प्रदेशसभाले कानुन बनाउन नसक्नु उसको मात्रै कमजोरी होइन्, मूलतः प्रदेश सरकारको कमजोरी हो । 


    कमजोरीबाट पाठ सिक्दै सरकारले बिजनेश दिन आवश्यक विधेयकको मस्यौदा गर्न सक्नुपर्छ । प्रदेशसभाको पाँचांै अधिवेशन यही पुष १६ गते आह्वान भएको छ ।


     यो हिउँदे अधिवेशनलाई मूलतः कानुन निर्माणको अधिवेशन मानिने भएकाले सरकारको ध्यान विधेयक मस्यौदामा केन्द्रित हुनुपर्छ । प्रदेश संरचनाप्रति नागरिकको विश्वास बढाउन पनि प्रदेशसभाको कामको गति बढ्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij