२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हाम्रो जिम्मेवारी

हाम्रो जिम्मेवारी

हाम्रो जिम्मेवारी

हाम्रो जिम्मेवारी

हाम्रो जिम्मेवारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • दैनिक लुम्बिनी आजदेखि ३७ औँ वर्षमा प्रवेश गरेको छ । अनेकौ  आरोह–अवरोध पार गर्दै दैनिक लुम्बिनी यहाँसम्म आइपुगेको हो । निरंकुश पञ्चायती शासन व्यवस्थाका बेथिति र अराजकताविरुद्ध सशक्त रुपमा उभ्याउँदै अघि बढेको गर्विलो विगत छ ।
    २०४६ सालको परिर्वतनपछि राष्ट्रियता, जनजीविका र सामाजिक सरोकारका मुद्दामा खबरदारी गर्दै अघि बढ्यौं । माओवादी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण रूपान्तरणका लागि भएका प्रयासलाई सही ढंगले अघि बढाउन  खबरदारी गर्‍यौं । सशस्त्र  द्वन्द्वका बेला संकटकाल लगाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको कठिन क्षणमा दृढतापूर्वक उभिएर कठीन अवस्थाको सामना गर्‍यौँ ।  त्यो कठीन समयमा अनेकौ अवरोध झेल्दै आफ्‌नो उपस्थिति अब्बल राख्न हामी सफल भयौं ।

    दुई सय ३७ वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएपछि मुलुक नयाँ ढंगले अघि बढेको छ । नागरिकले चुनेका प्रतिनिधि रहेको  संविधानसभाले संविधान बनाउन सफल भयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई यो संविधानले संस्थागत गरेको छ । संविधानले विविधतायुक्त मुलुकको तस्विर देखाएको छ । सबैले अपनत्व गर्ने यो संविधानले मुलुकलाई एकताको सुत्रमा बाँधेको छ ।

    संविधानको मर्मअनुसार शासन प्रणाली सञ्चालन गर्ने काम शासन सञ्चालकको हो । नागरिकका चुलिएका आकांक्षालाई पूरा गर्न बलियो सरकार र दृढ इच्छाशक्ति भएको राजनैतिक नेतृत्व मुलुकले खोजेको छ । बलियो राजनैतिक नेतृत्वलाई स्थापित गर्ने काम लोकतान्त्रिक अभ्यासले मात्रै गर्न सक्छ । बलियो राजनैतिक नेतृत्वले मात्रै लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सक्छ । 

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले संस्थागत गरेको भए पनि व्यवहारिक कार्यान्वयनको कसीमा देखिएका कमजोरीलाई हटाउन सक्दा मूलधारका राजनैतिक दलप्रति जनताको विश्वास र भरोसा बढ्छ । तहगत सरकारबीच समन्वय र सहकार्य गर्दै नागरिकका चुलिएका आकांक्षा पूरा गर्दै अघि बढ्दा मात्रै व्यवस्थाप्रति विश्वास र भरोसा बढ्छ । यतिखेर मुलुक गम्भीर आर्थिक संकटमा छ । मुलुकलाई संकटबाट पार लगाएर नागरिकको निराशालाई आशामा बदल्न सरकारले पहलकदमी लिनुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यो विषयमा कुनै प्रश्न नै छैन । लोकतन्त्रलाई नागरिकको जीवनशैली बनाउने काम राजनैतिक दलहरुको हो । शासन सञ्चालनको जिम्मेवार तहमा बसेका व्यक्तिको हो । लोकतन्त्रलाई नागरिकको जीवनशैली बनाउन र भुईँ मान्छेले लोकतन्त्रको अनुभूति गर्ने वातावरण बनाउन हामी निरन्तर खबरदारी गर्नेछौँ । लोकतान्त्रिक व्यवस्थाप्रति आउने हरेक खालका चुनौतीविरुद्ध हामी सशक्त रुपमा उभिने छौँ ।

    अहिलेसम्मको यो यात्रामा  दैनिक लुम्बिनीलाई  विश्वास र माया गरिरहने हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, लेखक एवं शुभचिन्तक सबैप्रति आभारी छौँ । र, आगामी दिनमा झन् बढी विश्वास र माया प्राप्त हुने विश्वास छ । हाम्रो संकल्प पूरा हुन तपाईं सबैको साथ, सहयोगको अपेक्षा गरेका छौँ ।


    मोहन चापागाईं, अध्यक्ष ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij