नवलपुर । नवलपुरको कावासोतीमा योङ स्टार क्लब कावासोतीको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले उद्घाटन गरे ।
प्रतियोगितामा १८ बर्ष मुनिको महिला एकल, १८ बर्ष मुनिका पुरुष एकल, पुरुष डबल ए, पुरुष डबल बी र ४५ बर्ष माथिका पुरुष भेट्रान्स डबल गरी ५ वटा विधामा खेल भईरहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै बाबुराम विकले खेलाडीहरुको प्रतिभा तथा क्षमता विकासका लागि स्थानीय क्लबहरुले खेलेका भूमिका प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा कावासोती २ का वडाध्यक्ष शिव पाण्डेले खेलले अनुसासन सिकाउने भएकोले जो कोहीका लागि पनि खेल आवश्यक रहेको बताए ।
पहिलो दिन १८ बर्ष मुनिको महिला एकल, १८ बर्ष मुनिका पुरुष एकल, पुरुष डबल बी का खेलहरु भएका छन् । जस अन्तरगत आज पहिलो दिन भएको खेलमा १८ बर्ष मुनिको महिला एकल प्रतियोगितामा जस्मिन तामाङ र सुरवी न्यौपाने फाइनलमा पुगेका छन् भने कल्पना तामाङ र अनुस्का सुस्लिङ तृतीय भएका आयोजक योङ स्टार क्लबका अध्यक्ष आनन्द गुरुङले बताए ।
त्यसैगरी आज पहिलो दिन भएको १८ बर्ष मुनिको पुरुष एकल प्रतियोगितामा सगुन गुरुङ र दिपेश कुवँर फाइनलमा पुगका छन् भने सालिक श्रेष्ठ र सुचन न्यौपाने तृतीय भएका छन् ।
१८ बर्ष मुनिको प्रतियोगिताको फाइनल खेल १२ गते हुने आयोजकले जनाएको छ । बाँकी खेल आज विहान ८ बजेबाट शुरु भएका छन ।




