प्यूठान । प्यूठानमा स्थानीय तहको दोस्रोबाट निर्वाचित भएका वडा अध्यक्षहरुमध्ये धनेन्द्र कार्की अलिक सामाजिक काममा अग्रसर देखिने गर्दछन् ।
माण्डवी गाउँपालिका वडा नं. ३ बाट वडा अध्यक्ष पदमा निर्वाचित भएसँगै उनी सामाजिक कार्यमा अग्रस देखिएका हुन् । अभिभावकविहीन तथा विपन्न वर्गका विद्यार्थीलाई अध्यक्ष कार्कीले न्यानो कपडा वितरण गरेका छन् । उनले व्यक्तिगत लगानीमा २ वटा विद्यालयका २९ जना बालबालिकाहरुलाई ‘विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रम’ मार्फत् न्यानो कपडा वितरण गरका हुन् ।
श्री कृष्ण आधारभूत विद्यालयमा १२ जना बालबालिका र माण्डवी माद्यामिक विद्यालयका १७ जना बालबालिकाहरुलाई उक्त कपडा वितरण गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । यसभन्दा अघि पनि उनले आफूले पाउने सेवा सुविधा बापतको रकमले बेसिक ३ महिने कम्प्युटर तालिम सञ्चालन गरेका थिए ।
अत्यन्तै विपन्न वर्ग, असहाय एवं अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालय पोसाक, झोला खाद्यन्न तथा नगद रकम समेत वितरण गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा जनतासँगै श्रमदान समेत गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
आगलागी पीडितलाई नगद रकम वितरण, १६ थान ट्वाइलेट सिट वितरण, खेलकुदका सामग्री वितरण, हरितालिका तिजको अवसरमा २० जना विपन्न वर्गका महिलालाई सारी वितरण, महिला दिवसको अवसर ९ वटा आमा समूहका अध्यक्षहरुलाई एक–एक थान प्रेसरकुक्कर वितरणलगायतका विभिन्न भौतिक संरचना निर्माणमा करिब २ लाख ६० हजार रकम सामाजिक काममा खर्च गरेका छन् । त्यस्तै आफ्नो जन्मदिन विपन्न परिवारको घरमा पुगेर मनाउने गरेको समेत उनले जानकारी दिए ।
माण्डवीमा विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रम
माडवी गाउँपालिका वडा नं. ३ आयोजनामा विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । वडाभित्र रहेका २ वटा विद्यालयमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीको समस्या पहिचान गरी सम्बोधन गर्न, शैक्षिक गुणस्तरमा सुधार ल्याउन, अभिभावकको जिम्मेवारी बोध गराउने र विद्यार्थीको गुनासो माथि छलफल गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको माण्डवी गाउँपालिका ३ वडाका वडाध्यक्ष धनेन्द्र कार्कीले बताए ।
श्री कृष्ण आधारभूत विद्यालय मार्सिवाङ्ग र माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रम गर्नुभन्दा पहिले २ वटै विद्यालय स्थलगत अनुगमन गरी विद्यार्थीको सर्वेक्षण फारम भरिएको थियो । सोही फारममार्फत् टिपोट भएका प्रश्न र सुझावहरुमाथि व्यापक छलफल हुनुको साथै सरोकारवालाहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले गुणस्तर शिक्षाका लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले विद्यार्थीहरुलाई अनुशासित बनाउन, विद्यार्थीले राम्रो नजिता प्राप्त गर्न मुख्य जिम्मेवारी अभिभावको रहेको बताइन् । शिक्षा शाखा, स्वास्थ्य शाखा र वडा कार्यालयबाट गर्नुपर्ने काम तत्काल गर्ने तिनै जनाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
माण्डवी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा भएको कार्यक्रमको संयोजन स्काईल्याण्ड मल्टिमिडिया प्रा.लि.ले गरेको थियो । जिल्लाका नौ वटै स्थानीयतहका ६४ वडाहरु मध्ये यो पहिलो र नमूना कार्यक्रम हो । सो कार्यक्रमको सञ्चालन पत्रकार राधिका भुसालले गरेकी थिइन ।




