२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

क्याननको आयोजनामा इन्टर कलेज फुटबल शुरु

क्याननको आयोजनामा इन्टर कलेज फुटबल शुरु

क्याननको आयोजनामा इन्टर कलेज फुटबल शुरु

क्याननको आयोजनामा इन्टर कलेज फुटबल शुरु

क्याननको आयोजनामा इन्टर कलेज फुटबल शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बुटवल । बुटवल–८ सुख्खानगरस्थित क्यानन् माविको आयोजनामा बिहीबारदेखि सेभेन ए साइड इन्टर कलेज फुटबल प्रतियोगिता शुरु भएको छ ।
    प्रतियोगिताको बुटवल नगर खेलकुद विकास समिति अधयक्ष बोनिन पियाले उद्घाटन गरे । सो अवसरमा बोल्दै पियाले शैक्षिक गुणस्तर  सँगै खेलकुदमा पनि क्यानन अगाडि रहेको चर्चा गर्दै खेलकुदका विभिन्न विधामध्ये एक विद्यालयले एक विधालाई प्राथमिकता दिएर लगानी गरे राम्रो नतिजा आउने बताए ।

    विद्यार्थीले पनि आफ्नो रुचिको कुनै एक खेल रोजेर त्यसमै मेहनत गरे सफल भइने सुझाव दिए ।  हरेक विद्यालयमा खेल शिक्षक आवश्यक रहेको भन्दै उनले खेलकुदले विद्यार्थीलाई  अनुशासित र मर्यादित बनाउने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष थानेश्वर पौडेल, प्रबन्ध निर्देशक दीपक पौडेल, वरिष्ठ शिक्षक वेदनिधि घिमिरे, अतिरिक्त  क्रियाकलाप प्रमुख मिनराज गिरी, पवन बस्याल लगायतले बोल्दै  स्वस्थ जीवन र मानसिक स्वास्थ्यका लागि खेलकुद प्रतियोगिताहरुको  महत्वपूर्ण भूमिका हुने बताए । खेलमा सफलता हासिल गर्न स्कुल÷कलेज जीवनबाट नियमित अभ्यास र प्रतियोगितामा भाग लिनुपर्नेमा उनीहरुले जोड दिए ।
    प्राचार्य शंकर भण्डारीले विद्यार्थीको खेल प्रतिभा प्रस्फुटन गराउन, अन्तर विद्यालय र  विद्यार्थीबीच आत्मीय सम्बन्ध विस्तार, सामूहिक भावनाको विकास र राष्ट्रिय खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको बताए ।   प्रतियोगितामा रुपन्देहीका २६ कलेजका २६० खेलाडी सहभागी छन् । 
    १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ५० हजार , द्धितीय हुने टिमले ३० हजार , बेस्ट प्लेयरले २ हजार ५००, हाइ स्कोररले २ हजार ५००, बेस्ट गोल किपरले २ हजार ५०० मेडल र प्रत्येक खेलमा उत्कृष्ट खेलाडीले मेडल र ५५५ प्राप्त गर्ने विद्यालयका प्लस टु संयोजक पवन बस्यालले जानकारी दिए । बिग एजुकेश कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।
    प्रतियोगिता बिहान र बेलुका गरी दिनमा ६ खेल खेलाइने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij