२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एभरेष्ट कप छात्रा भलिवलको उपाधि न्यू होराइजन बुटवलले जित्यो

एभरेष्ट कप छात्रा भलिवलको उपाधि न्यू होराइजन बुटवलले जित्यो

एभरेष्ट कप छात्रा भलिवलको उपाधि न्यू होराइजन बुटवलले जित्यो

एभरेष्ट कप छात्रा भलिवलको उपाधि न्यू होराइजन बुटवलले जित्यो

एभरेष्ट कप छात्रा भलिवलको उपाधि न्यू होराइजन बुटवलले जित्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बुटवल । बुटवलमा भएको दशाँै जिल्लास्तरीय एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिताको उपाधि न्यू होराइजन इङलिस बोर्डिङ स्कुल बुटवलले जितेको छ । रुपन्देही जिल्लाभरीका तीन दर्जन विद्यालयलाईपछि पार्दै न्यू होराइजनले उपाधि जितेको हो ।

    उसले कालिका मानवज्ञान माध्यमिक विद्यालयलार्ई ३–० को सेटमा हराउँदै उपाधि कब्जा गरेको हो । उपाधि सहित न्यू होराइजनले नगद ३० हजार, शिल्ड तथा प्रमाणपत्र हात पार्यो । यस्तै प्रतियोगितामा द्वितीय बनेको कालिका मानवज्ञानले नगद २० हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको हो । 

    यस्तै प्रतियोगितामा कुवरवर्ती इङलिस माविले तृतीय स्थान हासिल गरेको छ । कुवरवर्तीले एभरेष्ट इङलिस बोर्डिङ मावि बुटवललाई तीन दुईको सेटमा हराउँदै तृतीय स्थान हासिल गरेको हो ।

    तृतीय स्थान हासिल गर्दै कुवरवर्तीले नगद १० हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीमा न्यू होराइजनकी प्रतिमा रेगामी, उत्कृष्ट सेटर न्यू होराइजनकै प्रतिभा चौधरी, उत्कृष्ट ब्लकरमा कुँवरवर्तीका रजनी थारु, उत्कृष्ट स्पाइकरमा न्यू होराइजनकी डुमीसरा सारु, उत्कृष्ट लिवेरो कुँवरवर्तीकी आश्मा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा न्यू होराइनकी प्रतिभा चौधरी साथै उत्कृट कोचका रुपमा न्यू होराइजनका उदय बम मल्ल पुरस्कृत भएको आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

    प्रतियोगितामा विजयी विद्यालय तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख माधव बन्जाडेले शिक्षामा मात्र नभई खेलकुदलगायतका अतिरिक्त कृयाकलापमा संस्थागत विद्यालयको भुमिका अतुलनीय रहेको बताए ।

    शिक्षण सिकाईसँगै अन्य गतिविधिमा विद्यार्थीहरुलाई बरावर सहभागि बनाउनु पर्ने बताउँदै उनले खेलले विद्यार्थीको शारिरिक र मानसिक दुबै क्षेत्रको विकास गर्ने बताए ।

    विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्दीय सदस्य लोकनाथ ज्ञवाली, जिल्ला भविवल संघका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कालिका मानवज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालय संचालक समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, सदस्य टुकबहादुर क्षेत्री, प्राचार्य कृष्ण न्यौपाने, शिक्षक माधव पौडेललगायतले विजयी विद्यालय तथा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै विद्यार्थी चौतर्फि विकासका लागि शिक्षक, अभिभावक तथा विद्यार्थी विचमा सहकार्य आवश्यक रहने बताए ।

    प्रतियोगितामा रुपन्देही जिल्लाभरीका तीन दर्जन विद्यालयहरुले सहभागिता जनाएको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

    यसैबीच विद्यालयमा जारी खेलकुद दिवसमा विभिन्न चरणका खेलकुद क्रियाकलापहरु भएको गौतमले जानकारी दिए । खेलकुद दिवस अन्तरगत प्रारम्भिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले खेलकुदका विभिन्न प्रतियोगितामा सहभागिता जनाएको उनले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij