२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरनबारी  नमूना गाउँ बन्न सक्छ

सरनबारी  नमूना गाउँ बन्न सक्छ

सरनबारी  नमूना गाउँ बन्न सक्छ

सरनबारी  नमूना गाउँ बन्न सक्छ

सरनबारी  नमूना गाउँ बन्न सक्छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • देवदह नगरपालिका वडा नम्बर ६ सरनबारीका किसानले ८ करोड रुपैयाँको तरकारी बेचेर आम्दानी गरेका छन् । उनीहरुले गरेको यो आम्दानी सिमी बिक्रीबाट भएको हो । सरनबारीका १ सय ६० घरधुरीका किसानले ५ कठ्ठादेखि एक बिघा जग्गामा सीमि खेती गर्दै आएका छन् । 


    एउटै गाउँमा सिमि बिक्रीबाट ८ करोड रुपैयाँ भित्रिनु कृषिकर्मबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो । अहिले नेपालमा कृषिकर्मबाट केही गर्न सकिंदैन्, उत्पादन लागत बढी छ, बजार बिचौलियाको हातमा छ जस्ता अनेक निराशाका कुरा उठाउने गरिन्छ । तरउत्पादन हुने कृषिबालीको पहिचान, बजारको अवस्थालगायत ख्याल गरेर खेती गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सरनबारीका किसानले पुष्टि गरेका छन् । सरनबारी गाउँ चुरेको फेदमा रहेको छ । यहाँका किसानले सीमि खेती गर्दा रासायनिक मल र विषादी प्रयोग गर्दैनन् । प्रांगारिक खेती गर्दै आएका उनीहरुलाई देवदह नगरपालिकाले प्रांगारिक मलमा अनुदान दिँदै आएको छ ।

    किसानले आफ्नै ढंगले तरकारी खेती गर्दै आएकामा सरोकारवाला सरकारी निकाय खोज्दै उनीकहाँ पुगेका छन् ।
    मगर समुदायको बसोबास रहेको यो गाउँमा कृषि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । स्थानीय उत्पादनका विभिन्न परिकार खुवाएर होमस्टे चलाउन सकिन्छ । प्रांगारिक तरकारी खेती उत्पादनको तरिका अरुलाई सिकाउन सकिन्छ । यसका लागि समुदायको जाँगर आवश्यक छ । समुदायको मेलमिलाप बढाउन उत्तिकै ध्यान दिनुपर्छ । समुदाय मिलेर होमस्टे चलाउने, मगर संस्कृति प्रवद्र्धन गर्ने र प्रांगारिक खेती अध्ययन गर्ने थलोको पहिचान दिने हो भने सरनबारी नेपालकै नमूना गाउँ बन्न सक्छ । देवदह नगरपालिकाले सरनबारीलाई नेपालकै नमूना गाउँको रूपमा विकास गर्न योजनाबद्ध रुपमा काम  गर्दा देवदहको पहिचान स्थापित गर्न बल पुग्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij