२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युवा र बिदेश पलायन

युवा र बिदेश पलायन

युवा र बिदेश पलायन

युवा र बिदेश पलायन

युवा र बिदेश पलायन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • महेन्द्र गाैतम

    देशको परिवर्तनको संवाहक युवा , आजका युवा भोलीको देशका कर्णधार तर बिडम्बना आज हाम्रो देशमा कसैले स्वदेशमा भविष्य नदेखेर त कोहीले आफ्ना सन्ततिले मेरा बा-आमाले राम्रो देशमा मेरो भविष्य नबनाईदिएर भन्छन भन्ने पिरले हरेक दिन उर्जाशिल उमेरका युवाहरु देश छाडेर परदेश पस्न र परदेशलाई कर्मथलो बनाउन बाध्य भएका छन्।

    आज कन्सलटेन्सि धाउनेमा होस् ,श्रम स्वीकृति लिने ठाउँमा होस् , अथवा एयरपोर्टको लाईनमा होस्  १८ कटेका तर ४० ननाघेका युवाहरुको भिड देखिन्छ। आज हामिले नेपाल आर्थिक मन्दिको पुर्ण असरमा परेको छ भन्छौँ  तर मेरो नजरले १८-२५ बर्षको उमेरका युवा जसले होटल रेष्टुरेन्टमा खर्च गर्थे, जसले मनोरञ्जनका क्षेत्रमा खर्च गर्थे, जसले विभिन्न किनमेलमा खर्च गर्थे हो आज त्यहि उमेर समुहका युवाहरु देशमा नभएका कारण अर्थ चलायमान हुन सकेको छैन ।

    नीति निर्माणको जिम्मेवारी पाएका राजनैतिक क्षेत्रका नेतृत्वले युवा पलायन रोक्नका लागि र युवाहरुलाई स्वदेशमै आत्मनिर्भरताको पाटोमा लाग्नकालागि युग सुहाउदो कर्म रमाउदो नीति तर्जुमा गर्न नसक्ने हो र हालकै दरमा युवाहरु देश छाड्ने क्रम रहने हो भने यो देश युवाबिहिन देश हुन लामो समय लाग्दैन देशमा बच्नेछन् त केवल केही केटाकेटी अनि ज्येष्ठ नागरिक मात्रै रहने छन् ।  जसको फलस्वरूप न त केटाकेटीले उचित संस्कार उचित शिक्षा पाउनेछन् नत ज्येष्ठ नागरिकहरुले उचित लालन पालन र रेखदेख।

    सरकारको कार्यशैली र राजनैतिक नेतृत्व प्रतिको वितृष्णा पनि युवा पलायनको कारण मध्येको एक कारण हो । हरेक निर्वाचनमा ठुलाठुला आस्वासनका पुलहरुको माध्यमबाट निर्वाचनमा आफू अनुकुल नतिजा प्राप्त गरिसकेपछि नेतृत्वले न्यायोचित कार्य सम्पादन गर्न धुलमुल हुनु पनि युवा पलायनको एक कारणको रुपमा लिन सकिन्छ ।
    १७/१८ बर्षको उमेरबाट केही गर्नुपर्छ भन्ने सोँचका साथ कर्म गरेको युवा आफ्नो भन्दापनी आफ्ना सन्ततिको भविष्यको चिन्ताले उमेर ३५/३६ बर्षको हुँदा आफुले गरेको कर्मलाई थाँती राख्दै बिदेश पलायन हुन्छ अनि उ संग संगै बसिरहेको कर्म गरीरहेको अर्को युवालाई कतै मैले निर्णय गर्न ढिलो त गरेको छैन भन्ने महशुश हुन्छ त्यो बेला उसलाई होइन तैले यहिँ गर्नुपर्छ भन्ने जवाफ दिन र यहि लागिरहनुहै सरकार तपाईहरुकै साथमा छ भन्ने बलियो  सरकार पक्षको उपस्थिति जनाउन सक्दैन तबसम्म युवा कसरी के सोँचेर देशमा अडिन्छ होला र ?

    देशमा हरेक नेतृत्व तहमा उमेरले पाकेका नेताहरुबाट मात्र भैरहेको छ जसलाई अपडेट गर्न सकिँदैन उनीहरु बाट देशको प्रमुख पदमा युवा नेतृत्वलाई अवसर दिएर उनीहरूलाई राष्ट्र निर्माणमा सक्रिय सहभागी बनाउनु महत्त्वपूर्ण छ। राजनीतिक स्थायित्व नहुने हो र अहिलेकै अवस्थाको अस्थिरता रहने अनि सत्ता प्राप्तिनै उपलब्धि बनाउनेहो भने पनि देशको युवा पलायन रोक्न सकिन्छ जस्तो लाग्दैन तसर्थ युवा पलायन रोक्ने महत्त्वपूर्ण कदम स्थायि सरकार र त्यसको नेतृत्व युवाको हुनुपर्ने देखिन्छ।

    उर्को तर्फ उद्यमी बन्नेतर्फ युवाहरुलाई प्रोत्साहन गर्दै सरकारी क्षेत्रबाट उद्यमशीलता प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु  देशभरी नै सञ्चालन गरि स्वदेशमा रहेका तथा अवसरको खोजीमा बिदेशमा रहेका युवाहरूलाई देशमै लगानी गर्न प्रेरित गर्नुपर्छ। जसका लागि हाल देशमा युवाहरुद्वारा सञ्चालीत उद्योग व्यवसायहरु सरकारी तवर तथा प्रकृति अनुसारका जिम्मेवार पक्षहरुबाट अवलोकन गरि आवश्यक कच्चापदार्थ, जनशक्ति तथा अन्य सामान्य तथा बिशिष्टीकृत आवश्यकता पुर्ती गरि सो युवालाई संरक्षण गर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्ने देखिन्छ भने आवश्यकता अनुरुप बजारीकरणका लागि समेत नितिनिर्माताहरुले ध्यान दिनुपर्ने हुन्छ ।
    यसरी सरकार तथा नीति निर्माण पक्षले आजकै दिनमा देशमा रहेका युवाहरुलाई देशमै अड्याउने तथा विभिन्न ईच्छा,चाहना एवम् महत्त्वाकांक्षा राखेर बैदेशिक भुमिमा पुगेका युवाहरुलाई स्वदेशमा फर्किएर व्यापार व्यवसाय गर्न प्रोत्साहन गर्दै उनीहरुका व्यवसायलाई शुरक्षीत अवतरण हुन सक्ने आवश्यक बातावरण बनाउन सक्ने नीति बनाउदैनन भने एकदिन देशले कृयाशिल र कर्मशिल युवा बिहिन देशको परिचय पाउने कुरा दुईमत छैन त्यसैले सरकारी पक्ष नीति सुधारको बाटोमा लाग्नेै पर्छ।

    जय युवा
    नेपाल फर्क साथी यहि हात गोडा धसेर देशलाई समुन्नत बनाउँला
    संवृद्ध राष्ट्रका लागि सक्रिय युवा

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij